• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    कोरोनाले मृत्यु भएकी महिलाको शिशुसहित परिवारका ५ जनाको कोरोना रिपोर्ट आयो

    1.9K
    SHARES

    काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी युवतीको नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना परिक्षण रिपोर्ट आएको छ । मृत्यु भएकी सिन्धुपाल्चोककी युवतीको नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

    धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा कोरोना संक्रमण नपाइएको धुलिखेल अस्पतालमा चिकित्सक डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

    वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरा जन्माएकी महिला त्यसपछि सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । त्यसपछि स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्था हुँदै उपचारका लागि धुलिखेल ल्याइएको थियो । बिहीबार उनको मृत्यु भएको थियो ।

    यस्तै साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १६ हजार ५१४ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४७ लाख ९८ हजार ४२४ जना संक्रमित भएका छन् ।

    संक्रमितमध्ये १८ लाख ५५ हजार ८१ जना संक्रमण मुक्त भएका हुन् । बितेको २४ घण्टामा ३ हजार ६१२ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार ४१५ जनामा संक्रमण पुष्टि भएको छ । २६ लाख २६ हजार ८२९ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ८२१ जनाको अवस्था गम्भीर छ ।

    सोमबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६२ हजार ८३९ जनाको मृत्यु भएको छ । १७ लाख ८० हजार ७५३ जना संक्रमित भएकोमा ७ लाख ६९ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २ हजार ९१४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ८३ हजार ४३६ पुगेको छ ।

    यस्तै एसियाली मुलुकहरुमा २४ हजार ७३३ जनाको मृत्यु भएको छ । ७ लाख ९८ हजार ३०८ जना संक्रमित भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा २३ हजार २१७ जनाको मृत्यु भएको छ । ४ लाख ४० हजार १८२ जना संक्रमित भएका छन् ।

    अफ्रिकी मुलुकहरुमा २ हजार ७७७ जनाको ज्यान गएको छ भने ८६ हजार ३७६ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । ८ हजार ६४८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ ।

    त्यहाँ ९० हजार ९७३ जनाको मृत्यु भएको छ । १५ लाख २६ हजार ८४२ जना संक्रमित भएका छन् । यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ २ लाख ८१ हजार ७५२ जना संक्रमित भएका छन् भने २ जहार ६३१ जनाको मृत्यु भए

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ