• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रवास समाचार

    विदेशमा रहेका नेपालीहरुका लागि सरकारले बल्ल गर्यो यस्तो निर्णय, हुनेछ यति धेरैको उद्दार

    2.1K
    SHARES

    काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीहरुका लागि बल्ल कदम चालेको छ । सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्ने तयारी गरेको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको छ ।

    ‘यूएई लगायतका देशले ‘आफ्नो नागरिक लैजाऊ’ भनेर दबाव समेत दिन थालेका छन् । त्यसैले उद्दारका लागि गृहकार्य थालेका छौं’ एक मन्त्रीले भने, ‘बाँकी प्रधानमन्त्रीमा भर पर्छ ।’ यसअघि पनि विदेशमा रहेका नेपालीहरुको उद्दारबारे छलफल गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।

    प्रधानमन्त्री सहमत भए आवश्यक तयारी गरेर आफ्ना नागरिकको उद्दार गर्ने समितिको तयारी छ । उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन स्थलमार्ग अर्थात भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार ल्याउने प्रस्ताव पेश गरेको छ । ‘हाम्रो प्राथमिकता रोजगारी गुमाएका, आमामाफी पाएका, विद्यार्थीहरु हुनेछन्’ स्रोतले भन्यो ।

    यसरी उद्दार गरेर ल्याइनेहरुलाई केहीदिन काठमाडौं, पोखरा र होटलमा क्वारेन्टाइन गरिनेछ । र, यसको खर्च क्वारेन्टाइनमा बस्ने व्यक्ति आफैंले व्यहोर्नुपर्नेछ ।

    केही दिनको क्वारेन्टाइनपछि परीक्षण गरेर सम्बन्धित स्थानीय तहमा पठाइनेछ । स्थानीय तहमा केही दिन क्वारेन्टाइनमा बसेपछि पुनः परीक्षण गरेर मात्र घर जान दिइनेछ । परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार तत्काल उद्दार गर्नुपर्नेहरुको संख्या केही लाख हुनेछ ।

    त्यस्तै लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ६७१ जनाको मृत्यु भएको छ भने १ लाख ३१ हजार १९३ जना संक्रमित भएका छन् ।

    खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ३०२ जनाको मृत्यु भएको छ । त्यहाँ ५२ हजार १६ जना संक्रमित भएका छन् । यस्तै यूएईमा २१४ जनाको मृत्यु भएको छ भने २२ हजार ६२७ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा १०७ जनाको मृत्यु भएको छ भने १३ हजार ८०२ जना संक्रमित भएका छन् ।

    यस्तै ओमानमा २१ जनाको मृत्यु भएको छ भने ५ हजार २९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा १५ जनाको मृत्यु भएको छ भने ३० हजार ९७२ जना संक्रमित भएका छन् ।

    कोरोना भाइरसको संक्रमणले बहराइनमा १२ जनाको मृत्यु भएको छ । त्यहाँ ६ हजार ७४७ जना संक्रमित भएका छन् । बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

    यस्तै साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १२ हजार ३११ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४७ लाख १४ हजार ७५७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १८ लाख ९ हजार ७२३ जना संक्रमण मुक्त भएका हुन् । बितेको २४ घण्टामा ४ हजार १५७ जनाले ज्यान गुमाएका छन् भने ९३ हजार ३४८ जनामा संक्रमण पुष्टि भएको छ ।

    २५ लाख ९२ हजार ७२३ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ८४१ जनाको अवस्था गम्भीर छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६१ हजार ६७२ जनाको मृत्यु भएको छ । १७ लाख ६१ हजार ३५५ जना संक्रमित भएकोमा ७ लाख ५५ हजार ५२५ जना संक्रमणमुक्त भएका छन् ।

    उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १ हजार ८३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ५८ हजार २१८ पुगेको छ । यस्तै एसियाली मुलुकहरुमा २४ हजार २९० जनाको मृत्यु भएको छ । ७ लाख ७८ हजार ४७ जना संक्रमित भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा २२ हजार ४०६ जनाको मृत्यु भएको छ । ४ लाख २४ हजार ५०२ जना संक्रमित भएका छन् । अफ्रिकी मुलुकहरुमा २ हजार ७२६ जनाको ज्यान गएको छ भने ८३ हजार २७६ जना संक्रमित छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । ८ हजार ६३८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ८९ हजारभन्दा बढीको मृत्यु भएको छ । १५ लाख ५ हजार ६८४ जना संक्रमित भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ