• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या २७३ पुग्यो

    1.3K
    SHARES

    काठमाडौं । नेपालमा फेरी थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका हुन्  ।बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

    यस्तै साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट १७ लाख ५४ हजार मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमित ४६ लाख १९ हजार ४८९ मध्ये १७ लाख ५४ हजार ५३ जना संक्रमण मुक्त भएका हुन् ।

    बितेको २४ घण्टामा ५ हजार २७ जनाले ज्यान गुमाएका छन् भने ९७ हजार ५०० जनामा संक्रमण पुष्टि भएको छ । २५ लाख ५७ हजार ३२७ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ८ जनाको अवस्था गम्भीर छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६० हजार ४८२ जनाको मृत्यु भएको छ ।

    १७ लाख ४१ हजार १२९ जना संक्रमित भएकोमा ७ लाख ३९ हजार ८११ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा ९९ हजार ५९७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ३० हजार ७४५ पुगेको छ । त्यसमध्ये ४ लाख ४ हजार ७९० जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा २३ हजार ९६२ जनाको मृत्यु भएको छ । ७ लाख ५७ हजार ९१२ जना संक्रमित भएकोमा ४ लाख ३१ हजार ९२० जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा २१ हजार ३०० जनाको मृत्यु भएको छ । ४ लाख ६९५ जना संक्रमित भएकोमा १ लाख ३९ हजार ६३१ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा २ हजार ६३४ जनाको ज्यान गएको छ भने ७९ हजार ६६६ जना संक्रमित छन् । संक्रमितमध्ये २९ हजार ३९२ जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । ८ हजार ६२१ जना संक्रमित भएकोमा ७ हजार ८५८ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको महामारीले अमेरिकामा ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमित १४ लाख ८२ हजार ८६३ जनामध्ये ३ लाख २५ हजार ९९७ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया