• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    नेपालका यी २५ जिल्लामा पुग्यो कोरोना, कहाँ कति ?

    2K
    SHARES

    काठमाडौँ । चीनको वुहानबाट विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ नेपालमा पनि संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएका छन्। शुक्रबार  साँझ मात्रै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालका २५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । शुक्रबार साँझ दाङमा ३ जनासहित अन्य ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

    यस्तै नेपालमा शनिबार थप ३ जनामा कोरोना संक्रमण कोभिड १९ पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आजै अन्य ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। मन्त्रालयका अनुसार कपिलबस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीया पुरुषमा संक्रमण पुष्टि भएको छ। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ।

    हालसम्म नेपालका २५ जिल्लामा २६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म पर्सा, रुपन्देही, उदयपुर, कपिलवस्तु, बाँके, काठमाडौं, धादिङ, कैलाली, बारा, धनुषा, रौतहट, बाग्लुङ, चितवन, झापा, महोत्तरी, भक्तपुर, बर्दिया, भोजपुर, कञ्चनपुर, नवलपरासी (पश्चिम), सप्तरी, सर्लाही, नवलपुर, मकवानपुर र दाङ जिल्लाका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

    ती मध्ये पर्सामा सधैभन्दा बढी ८९ जनामा नेपालमा शनिबार थप ३ जनामा कोरोना संक्रमण कोभिड १९ पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आजै अन्य ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। मन्त्रालयका अनुसार कपिलबस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीया पुरुषमा संक्रमण पुष्टि भएको छ। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ।

    यस्तै कोरोना संक्रमण पुष्टि भएको छ भने कपिलवस्तुमा ३९, बाँकेमा ३३, रुपन्देहीमा २८, उदयपुरमा ३३, काठमाडौँमा ९, धादिङमा १, कैलालीमा ४, बारामा ३ जनामा कोरोना पुष्टि भएको छ। यसैगरी धनुषामा ४, रौतहटमा ३, बाग्लुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, नवलपरासी पश्चिममा १, सप्तरीमा १, सर्लाहीमा १, पूर्वी नवलपरासीमा १, मकवानपुरमा १ र दाङमा ३ जनामा कोरोना संक्रमण फेला परेको छ।

    यस्तै साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट १७ लाख ५४ हजार मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमित ४६ लाख १९ हजार ४८९ मध्ये १७ लाख ५४ हजार ५३ जना संक्रमण मुक्त भएका हुन् ।

    बितेको २४ घण्टामा ५ हजार २७ जनाले ज्यान गुमाएका छन् भने ९७ हजार ५०० जनामा संक्रमण पुष्टि भएको छ । २५ लाख ५७ हजार ३२७ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ८ जनाको अवस्था गम्भीर छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६० हजार ४८२ जनाको मृत्यु भएको छ ।

    १७ लाख ४१ हजार १२९ जना संक्रमित भएकोमा ७ लाख ३९ हजार ८११ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा ९९ हजार ५९७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ३० हजार ७४५ पुगेको छ । त्यसमध्ये ४ लाख ४ हजार ७९० जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा २३ हजार ९६२ जनाको मृत्यु भएको छ । ७ लाख ५७ हजार ९१२ जना संक्रमित भएकोमा ४ लाख ३१ हजार ९२० जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा २१ हजार ३०० जनाको मृत्यु भएको छ । ४ लाख ६९५ जना संक्रमित भएकोमा १ लाख ३९ हजार ६३१ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा २ हजार ६३४ जनाको ज्यान गएको छ भने ७९ हजार ६६६ जना संक्रमित छन् । संक्रमितमध्ये २९ हजार ३९२ जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । ८ हजार ६२१ जना संक्रमित भएकोमा ७ हजार ८५८ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको महामारीले अमेरिकामा ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमित १४ लाख ८२ हजार ८६३ जनामध्ये ३ लाख २५ हजार ९९७ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ