• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भारतीय सेना प्रमुखको अभिव्यक्ति प्रति नेपाली सेनाको यस्तो जवाफ

    2.7K
    SHARES

    काठमाडौँ । भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र अतिक्रमण गरी सडक निर्माण गरेको विषयमा अहिले नेपालमा ब्यापक बिरोध भइरहेको छ । यो अतिक्रमण प्रकरणमा नेपाल सरकारले आफ्नो धारणा स्पस्टरुपमा राख्न नसकेपछि जनस्तरबाट भने ब्यापक बिरोध भइरहेको छ ।

    सडक निर्माण सम्पन्न गरी बाटो उद्घाटन नै गरिसकेपछि सबै भन्दा पहिला विप्लव नेतृत्वको बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले एक बिज्ञप्ति जारी गर्दै नेपालको भुमि अतिक्रमण बिरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम नै घोषणा गरेको थियो । पार्टीका अन्तराष्ट्रिय बिभाग इन्चार्ज धर्बेन्द्र बास्तोलाले बिज्ञप्ति जारी गरेर भारतीय हस्तक्षेपको कडा बिरोध गरेपछि नेपालमा अन्य संघ संस्थाहरुले पनि बिरोध गर्न सुरु गरेका थिए ।

    पछिला दिनहरुमा भने सत्तारुढ नेकपाकै नेता कार्यकर्ताहरुले समेत भारतीय हस्तक्षेप र अतिक्रमण बिरुद्ध सरकारले उचित कदम नचालेको भन्दै आपत्ति जनाउन सुरु गरेका छन् । सरकारी नेकपाको बिद्यार्थी संगठनले आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

    यता बिद्रोही नेकपाको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले भने देशभर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । भने नेपाल सरकारले भारतीय सत्ताको गुलामी गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको बिरुद्ध समेत नाराबाजी गरेको छ ।

    यसैबीच उक्त सडक निर्माण प्रकरणमा कहि कतैबाट बिरोध नभएको भनि भारतीय सेना प्रमुखमा खुल्ला रुपमा बिबादास्पद अभिव्यक्ति दिएपछि नेपाली सेना भने असन्तुष्ट भएको छ । नेपाली सेनाले भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक निर्माणका सम्बन्धमा दिएको अभिव्यक्तिको उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने प्रतिक्रिया दिएको छ ।

    उक्त सडक निर्माणका सम्बन्धमा भारतीय सेना प्रमुखबाट आएको पछिल्लो अभिव्यक्तिका सम्बन्धमा राखिएको जिज्ञासामा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले आवश्यकताअनुरुप नेपाली सेनाले प्रष्ट र जिम्मेवार ढङ्गबाट विधिसम्मत तथा उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने जानकारी दिए ।

    भारतीय सेना प्रमुख नरवानेले एक कार्यक्रममा मानसरोवर जाने वास्तविक नियन्त्रित रेखा (एलएसी)लाई लिपुलेक हुँदै गएको उक्त सडकमा कुनै विरोधाभाष नभएको अभिव्यक्ति दिएपछि नेपाली सेनाको उक्त प्रतिक्रिया आएको हो । भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र अतिक्रमण गरी सडक निर्माण गरेको विषयमा नेपाल सरकारले यस विषयमा आपत्ति जनाउँदै प्रतिक्रिया दिइसकेको छ ।

    यसअघि भारतले नेपालको उक्त क्षेत्रलाई आफ्नो राजनीतिक नक्सामा समावेश गरेकामा नेपाल सरकारसहित सम्पूर्ण राजनीतिक दलले उक्त नक्सा सच्याउन भारतीय सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया