• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाललाई कोरोनामुक्त देश बनाउने सरकारको पहिलो प्राथमिकता

    1.2K
    SHARES

    काठमाडौं । सरकारको पहिलो प्राथमिकता कोरोनामुक्त नेपाल रहेको राष्ट्रपति विद्यादेवि भण्डारीले बताएकी छन्। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै राष्ट्रपति भण्डारीले कोरोना महामारीका कारण नेपाल लगाएतका देशको अर्थतन्त्रमा समेत संक्चुन आउने अबस्था मुल्याङ्कन गरेको बताइन् ।

    उनले विश्व अर्थतन्त्रको संरचनाको परिवर्तनको हुनसक्ने मुलुकहरुको आयमा कमी आउने र दाता राष्ट्रको समेत आयमा कमी हुने भएकाले अधिकतम आन्तरिक स्रोतको परिचालन गर्ने नीति लिने बताइन् ।

    अर्थतन्त्रलाई उत्पादनशील बनाउने, सामाजिक जनजिनवनमा क्षति हुन नदिने काम गर्ने, स्वास्थ्य शिक्षा लगाएतका क्षेत्रका स्वस्थ, शिक्षित गतिशिल सामाजिक जिवनको स्थापना गर्ने, समग्रह सन्तुलित विकासका लागि सरकारले शुरु गरेको रुपान्तरणकारी आयोजना तोकिएकै समयमा सम्पन्न गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको उनले बताइन् ।

    फजुल खर्च रोक्ने, वित्तिय अनुशासन कायम गर्ने, बेरोजगारी अन्त्यका लागि लगानी गर्ने, वैदेशिक रोजगारी गुमाएकाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने, भ्रष्टाचार नियन्त्रण गरी शुसासन प्रवर्धन गर्ने, र नेपाललाई कोरोना महामारी मुक्त देश बनाउने यो सरकारको पहिलो प्राथमिकता भएको राष्ट्रपति भण्डठारीले बताइन् ।

    कोरोना महामारी रोक्न स्वास्थ्य सजगताका लागि पालना गर्ने, परीक्षणलाई व्यापक बनाउने उनले बताइन् । नेपालीको रोगप्रतिरोधात्मक क्षमता विकास गर्ने सरकारको लक्ष्य रहेको समेत उनले बताइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको दृष्टिकोण स्पष्ट र गन्तव्य निश्चित रहेको भन्दै लक्ष्यहरु पनि निर्धारित रहेको बताएकी छिन् ।

    त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम जनमुखी रहेको बताएकी छिन् । उनले सरकारको कार्यक्रमहरु परिणाममुखी रहेको बताउँदै सरकारको दुई बर्षे कार्यकाल उत्साहजनक रहेको बताइन् ।

    संघीय संसदमा सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन सरकारको कार्यशैली सक्षम बनेको बताइन् । उनले राजनीतिक स्थायीत्वले मात्र जनमतको सम्मान हुने बताउनु हुँदै सरकारको सबै काम प्रष्ट देखिन गरि भइरहेको बताइन् ।

    कोभिड १९ नियन्त्रणका लागि सरकारले चालेको कदम सराहनीय रहेको बताउदै उनले रोग विरुद्धको संघर्षमा मुलुकमा सबै एकढिक्का हुन पनि आह्वान गरिन् । यस पटक मेरो सरकार भन्ने शब्द प्रयोग नगरी सरकारको नीति तथा कार्यक्रम पेश गरिरहनु भएको राष्ट्रपति भण्डारीले बन्दाबन्दीमा मारमा परेकोलाई राहत वितरणमा पनि सरकारले राम्रो भुमिका खेलिरहेको बताइन् ।

    उनले अबको १० वर्षभित्रै नेपाल मध्यम आए भएको मुलुकमा पुग्ने घोषणा गरेको छ । संघीष संसदका दुबै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी विक्रम संवत २०८७ साल अगाबै मध्यम आय स्तर भएको मुलुकमा स्तरोन्नती हुने लक्ष्यमा सरकार दृढ रहेको बताएकी छन् ।

    सम्बोधनका क्रममा उनले भनेकी छन्, ‘सरकारको यही कार्यकालभित्र विकासशील राष्ट्रको पंत्तिमा र विक्रम संबत् २०९९ सालसम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने गरी आर्थिक र सामाजिक विकासका योजना र कार्यक्रमहरु अघि बढाइएको छ ।’

    उनले आगामी कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने जनाएकी छिन । राष्ट्रपति भण्डारीले ‘सरकारको अबको कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुनेछ,’ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भनिन् । कोरोनाले अर्थतन्त्रमा प्रभाव पारेकाले त्यसलाई पुनरुत्थानका लागि सरकारको प्राथमिकता रहने सरकारको नीति तथा कार्यक्रममा रहेको छ ।

    त्यस्तै, वैदेशिक सहयोगमा कमी आउने आँकलन गर्दै सरकारले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोत परिचालनलाई प्राथमिकता दिने भएको छ । ‘कोरोनाले गर्दा विश्वका अधिकांश मुलुकहरूको अर्थतन्त्रमा परिमार्जन आउने भएकाले सरकारले अधिकतम आन्तरिक स्रोत परिचालन गर्नेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ