• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने सरकारको तयारी, ओलीले गरे यस्तो प्रतिबद्धता

    3K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने बताएका छन् । नेकपाको शुक्रबार बसेको सचिवालय बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गर्न सरकारलाई सुझाव दिएपछि उनले बैठकमा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

    नेकपा सचिवालयको आजको बैठकमा भारतले नेपाली भूमिमा मनपरी गरिराख्‍ने तर नेपालचाहिँ चुप लागेर बसिराख्ने ? भन्दै नेताहरुले आपत्ति जनाएका थिए । त्यसपछि प्रधानमन्त्रीले तत्कालै नक्सा जारी गर्ने प्रतिबद्धता जनाएका हुन् । पहिला नक्सा जारी गर्ने त्यसपछि वार्ता र कुराकानी हुँदै गर्छ भन्ने निष्कर्षमा प्रधानमन्त्रीसहितका नेकपा नेताहरु पुगेका छन् ।

    बैठकमा सरकारले आज प्रस्तुत गरेकाे नीति तथा कार्यक्रमका बारेमा छलफल भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमका बारेमा सचिवालयको धारणा माग गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ