• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    थप ९ जनामा कोरोना संक्रमण पुष्टी, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

    1.4K
    SHARES

    काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । उक्त ९ जनामा कोरोना भेटिएसँगै  नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप ९ जनामा संक्रमण भेटिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५,२५ ,२७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेका छन् । सह–प्रवक्ता अधिकारीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

    यस्तै विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ३ हजार २४ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४५ लाख १९ हजार ९५९ जना संक्रमित छन् ।

    बितेको २४ घण्टामा ५ हजार २५९ जनाले ज्यान गुमाएका छन् भने ९४ हजार ३०४ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १६ लाख ९९ हजार ८८३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २५ लाख १७ हजार ५२ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४५ हजार ५५२ जनाको अवस्था गम्भीर छ ।

    शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५९ हजार ६८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख १८ हजार ६७२ पुगेको छ । उत्तर अमेरिकी मुलुकहरुमा ९७ हजार ६३३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख ९८ हजार ८८० पुगेको छ ।

    यस्तै एसियाली मुलुकहरुमा २५ हजार ५७३ जनाको मृत्यु भएको छ । ७ लाख ३८ हजार ९२० जना संक्रमित छन् । दक्षिण अमेरिकी मुलुकहरुमा २० हजार ३८ जनाको मृत्यु भएको छ । ३ लाख ७७ हजार १७४ जना संक्रमित छन् । अफ्रिकी मुलुकहरुमा २ हजार ५७८ जनाको ज्यान गएको छ भने ७७ हजार २ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५९० पुगेको छ ।

    कोरोना भाइरसको महामारीले अमेरिकामा ८६ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६७६ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८६ हजार ८७३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार २७० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ५५ हजार ६१७ पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया