• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update Highlights

    हालसम्म नेपालमा ६२ हजार ३२७ जनाको नमूना परीक्षण, कोरोना संक्रमित क्षेत्रमा स्वास्थ्य सामग्री पठाइयो

    1.7K
    SHARES

    काठमाडौं ।  अहिलेसम्म देशभर २२ हजार ६६४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  नेपालमा संक्रमण पुष्टि भएका २ सय ४६ मध्ये उपचारत २ सय ११ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका हुन् ।

    डा देवकोटाका अनुसार आज थपिएका ३ जनासहित नेपालमा कुल संक्रमतिको संख्या २ सय ४६ जना रहेको छ भने ती मध्ये ३५ जना निको भएर घर फर्किएका छन् ।

    डा देवकोटाका अनुसार कुल संक्रमितमध्ये १ सय ९८ जना पुरुष र ४८ जना महिला रहेका छन् । डा देवकोटाका अनुसार संक्रमितहरु प्रदेश १ का ३ जिल्ला, प्रदेश २ का ७ जिल्ला, बाग्मती प्रदेशका ४ जिल्ला, गण्डकी प्रदेशका २ जिल्ला, प्रदेश ५ का ५ जिल्ला र सुदुरपश्चिम प्रदेशका २ जिल्ला गरी २२ जिल्लाका संक्रमितहरु रहेका छन् ।

    प्रवक्ता डा देवकोटाका अनुसार २ सय ७२ जना आइसोलेसनमा छन् । आइसोलेसनमा संक्रमित तथा सम्भावित संक्रमित रहेको डा देवकोटाको भनाइ छ ।

    प्रवक्ता डाक्टर देवकोटाका अनुसार गत २४ घण्टामा १ हजार ३ सय ६३ वटा नमूना परीक्षण गरिएको छ । गत माग १४ गतेदेखि हालसम्म २२ हजार ६सय ६४ वटा नमूना परीक्षण गरिएको छ ।

    प्रवक्ता डा देवकोटाका अनुसार आरडीटी विधिबाट चैत १९ गतेदेखि हालसम्म ६२ हजार ३ सय २७ वटा नमूना परीक्षण भएको छ भने गत २४ घण्टामा २ हजार ८ वटा नमूना परीक्षण भएको छ ।

    कोरोना संक्रमित क्षेत्रमा स्वास्थ्य सामग्री पठाइयो
    स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना प्रभावित क्षेत्रमा कोरोना परीक्षणको दायरा बढाउन स्वास्थ्य सामग्री पठाइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेश नम्बर १,२,५ र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हवाइ तथा स्थल मार्गबाट स्वास्थ्य सामाग्री पठाइएको हो ।

    प्रवक्ता डा देवकोटाका अनुसार १४ हजार ७ सय थान आरडीटी, ७ हजार थान भिटिएम, पीपीइहरु ती प्रदेशहरुमा पठाइएको हो । प्रवक्ता डाक्टर देवकोटाका काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा रहेका फलफुल तथा तरकारी व्यवसायी, सरसफाइका कर्मचारी, ढुवानीमा कार्यरत व्यक्तिहरु सहित ३ सय जनाको पीसीआर र ७ सय जनाको आरडीटी परीक्षण गरिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ