• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    थप ५ जनामा काेराेना संक्रमण, संक्रितकाे संख्या २ सय ५० पुग्याे

    1.1K
    SHARES

    काठमाडाैं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५० पुगेको छ । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५० पुगेको हो ।

    बिहीबार संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । यसअघि बिहीबार बिहानै काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको थियो ।

    हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३९, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ७, कैलाली, धनुषा र महोत्तरीमा ४/४, रौतहट, बारा र सर्लाहीमा ३/३ तथा बागलुङ, चितवन, झापा र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ३५ जना निको भए पनि ३ जनामा पुन: संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको छ ।

    यसैबीच भक्तपुरमा मंगलबार फेला परेकी कोरोना संक्रमितको माइतीघर सिल गरी १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सुनसरीबाट सोमबार मोटरसाइकलमा बीपी राजमार्ग हुँदै आएकी उनले कमलामाई नगरपालिका–९ भिमानस्थित माइतीघरमा झन्डै ४५ मिनेट बिताएकी थिइन् । उनले त्यहाँ खानासमेत खाएकी थिइन् ।

    ट्राभल हिस्ट्रीले यस्तो देखाएपछि उनको माइतीसहितका पाँच घर सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेका अनुसार महिलाको सम्पर्कमा आएका तीन घरका आफन्त १६ जनाको एउटै कम्पाउन्ड भएकाले ‘होम क्वारेन्टाइन’मा र उनीहरूको सम्पर्कमा आएका अन्य दुई घरका तीन जनालाई सरकारी क्वारेन्टाइनमा राखिएको छ ।

    ‘उनीहरूलाई उच्च निगरानीमा राखी अन्य व्यक्तिसँग सम्पर्क भए/नभएको खोजबिन भइरहेको छ,’ उनले भने । संक्रमित महिलाले दिएको ट्राभल हिस्ट्रीअनुसार सिन्धुली सदरमुकामबाट सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले भिमानमा रहेका आफन्त र उनीहरूको सम्पर्कका व्यक्ति खोजबिन र व्यवस्थापन गरिरहेको छ । भिमान सिन्धुली सदरमुकामबाट १८ किलोमिटर दक्षिणमा पर्छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ