• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ४३ पुग्यो

    1.3K
    SHARES

    काठमाडौं । नेपाल फेरी थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी थप २४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या २ सय ४३ पुगेको हो ।

    मन्त्रालयकाअनुसार रुपन्देहीमा ९ पुरुष र ३ जना महिला, कपिलवस्तुमा ८ पुरुष, पर्सामा २ पुरुष, १ महिला र नवलपरासीमा १ एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबैको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

    यस्तै विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८०८ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४३ लाख ३९ हजार ८२४ जना संक्रमित छन् । बितेको २४ घण्टामा ५ हजार ३२० जनाले ज्यान गुमाएका छन् भने ८५ हजार ३३५ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

    संक्रमितमध्ये १६ लाख २ हजार ९१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ४४ हजार ९२५ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४६ हजार ३४० जनाको अवस्था गम्भीर छ ।

    बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५५ हजार ७६२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ७५ हजार ७४२ पुगेको । उत्तर अमेरिकी मुलुकहरुमा ९३ हजार ५४६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख ४६ हजार ६२२ पुगेको छ ।

    यस्तै एसियाली मुलुकहरुमा २२ हजार ८५२ जनाको मृत्यु भएको छ । ७ लाख १ हजार ५६५ जना संक्रमित छन् । दक्षिण अमेरिकी मुलुकहरुमा १८ हजार १०८ जनाको मृत्यु भएको छ । ३ लाख ३५ हजार ६२४ जना संक्रमित छन् ।

    अफ्रिकी मुलुकहरुमा २ हजार ४०७ जनाको ज्यान गएको छ भने ७० हजार ९८५ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५६५ पुगेको छ ।

    सबैभन्दा बढी कोरोनाको संक्रमण फैलिएको मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५७१ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ८३ हजार ३६६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार २०५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ८ हजार ३९ पुगेको छ ।

    अमेरिकामा संक्रमितमध्ये २ लाख ९३ हजार ३५८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ३१ हजार ३१५ जनामध्ये १६ हजार ४७३ जनाको अवस्था गम्भीर रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ