• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    भिम रावलका सुरक्षा गार्डलाई कोरोना देखिएपछि नारायणकाजी श्रेष्ठले गरे यस्तो ट्वीट, नेता कार्यकर्ता दंग

    2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न आग्रह गरेका छन् । बुधबार आफ्नो ट्विटर ह्याण्डलमार्फत् नेता श्रेष्ठले आफूलाई सुरक्षा खतरा महसुस नरहेको भन्दै सुरक्षाको लागि खटिएका सुरक्षाकर्मी फिर्ता लैजान सरकारसँग आग्रह गरेका छन् ।

    उनले आफूले खतरा महसुस नगरेको र आफ्नोभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुने उल्लेख गरेका छन् । उनले लेखेका छन् ‘मैले पुर्व गृहमन्त्रीले लिने गरेको गाडी र तेल सुबिधा सुरुदेखि नै लिइन । सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ । तर, गत चुनावअघि राज्यको सुरक्षा स‌ंयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो ।’

    उनले भनेका छन्, ‘थाहै छ,म पछुवा नियमित प्रयोग गर्दिन । मैले आफूलाई सुरक्षा खतरा महसुस गरेको छैन । राज्य संयन्त्रले त्यस्तो आकलन गरेको छ भनेपनि मेरोभन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ । त्यसैले राज्यको आवश्यकताकालागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ । यसबाट राज्यलाई अप्ठ्यारो परेको भए क्षमायाचना।’

    पछिल्लो समय सुदूरपश्चिमी भूभागमा चर्चिकएको सीमा विवादसँगै सीमा सुरक्षाको लागि अपुग भएको खण्डमा राजनीतिक दलका नेताहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने बारेमा चर्चा चलिरहेको बेलामा श्रेष्ठले आफ्ना सुरक्षाकर्मी फिर्तागर्न आग्रह गरेका हुन् । उनको ट्वीट निरन्तर सुरक्षा थप्दै आएका प्रचण्डसहितका नेताहरुलाई अचम्मित पारेको छ भने नेकपाका अन्य नेता कार्यकर्ताहरुले उनको तारिफ गरेका छन् ।

    यसैबीच नेकपा नेता तथा पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    रावलका स्वकीय सचिव गोविन्द दुलालका अनुसार ती सुरक्षाकर्मी एक महिना पहिले बिदामा गएका थिए । श्रीमती बिरामी भएपछि बिदामा गएका उनी १ महिनापछि फेरि काममा फर्किन लागेका थिए । सशस्त्र प्रहरीको सुरक्षा गणबाट फेरि रावलको सुरक्षामा खटिन लागेका उनलाई कोरोना परीक्षण गरेपछि मात्रै आउन भनिएको थियो ।

    ‘रावल सरले फेरि आउन खोजेपछि कोरोना लागेको छैन भनेर पुष्टि भएपछि मात्रै आउन भन्नुभएको थियो । त्यसपछि सशस्त्र प्रहरीको अस्पतालमा उनको कोरोना परीक्षण गरिएको थियो,’ दुलालले भने ।

    उनी रावलको सुरक्षार्थ पछुवा गाडीमा खटिएका थिए । उनी भक्तपुर दुवाकोटका स्थानीय बासिन्दा भएको खुलेको छ । सशस्त्र प्रहरीले नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयको टिमसँग समन्यवय गरेर संक्रमित ती व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरिरहेको छ ।

    ती सुरक्षाकर्मीमा कोरोनाको कुनै पनि लक्षण नभएको बताइएको छ । प्रहरीले अहिले दुवाकोटलाई सिल गरेको छ । मंगलबार संक्रमण पुष्टि भएकामध्ये भक्तपुरमा ती सुरक्षाकर्मी र एक जना नर्समा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ