• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    मंगलवार मध्यराति थप २६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय १७ पुग्यो

    2.6K
    SHARES

    काठमाडौं । मंगलबार मध्यरातिसम्म आउँदा नेपालमा एकैदिन ८३ जनामा कोभिड-१९ पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक थप २६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो। मंगलबार नै मन्त्रालयले ५७ जना कोरोना संक्रमित भएको जानकारी दिएको थियो।

    पछिल्लोपटक कोरोना संक्रमण पुष्टि हुनेमा १८ जना पर्साका, महोत्तरीका २ जना, धनुषाका २ जना, भक्तपुरका २ जना काठमाडौंका १ र सर्लाहीका एक जना छन्। उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ। यसअघि दिउसो कोरोना पोजेटिभ देखिएका ५७ जना सबै ५७ जना पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका थिए।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका प्रयोगशालामा गरिएको परीक्षणअनुसार उनीहरुमा कोरोना पुष्टि भएको थियो । नयाँ पुष्टि भएकामा कपिलवस्तुका ८, रुपन्देहीका ९, पर्साका ३९ र बाराका १ जना थिए। हालसम्म प्राप्त विवरणअनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको थियो। नेपालमा हालसम्म ३३ जना निको भएर घर फर्किएका छन्।

    यस्तै कोरोनाले नेपालीहरुलाई आफ्नो देशमा मात्र नभएर प्रवासमा समेत छोडेन । बैदेशिक रोजगारीको शिलशिलामा साउदीमा रहेका ६ सय बढी नेपालीमा कोरोना संक्रमण भएको छ । साउदीस्थित नेपाली दूतावासका अनुसार साउदीमा ६ सय ७४ नेपाली कोरोना संक्रमित भएका छन्। कोरोनाका कारण हालसम्म साउदीमा १ जनाको ज्यान गएको छ।

    साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ नेपालीमा कोरोना भेटिएको र पश्चिम मक्का, मदिना, जेद्धा र जनानलगायत क्षेत्रमा १ सय ४८ जना रियाद क्षेत्रमा १७५ जना कसिम क्षेत्रमा ३, हायल क्षेत्रमा ३ र अन्य स्थानमा ९ नेपालीमा कोरोना संक्रमण भेटिएको दूतावासले जनाएको छ।

    कुल संक्रमित मध्ये ११ जना महिला श्रमिक रहेको दूतावासले उल्लेख गरेको छ। संक्रमितमध्ये कयौँ जना निको भई काममा फर्किसकेको जानकारी प्राप्त भएको छ। साउदी सरकारले दिएको जानकारीअनुसार साउदी अरबमा कोरोना संक्रमण सुरु भएदेखि विभिन्न कारणले मृत्यु भएका नेपालीको संख्या ३० रहेको छ। कोरोनाका कारण मृत्यू भएका १ जना नेपाली गरेर ३१ वटा नेपालीका शव अहिले साउदीमा छन्। ३ जनाको मृत्यूको कारण नखुलेको दूतावासले उल्लेख गरेको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया