• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालमा पहिलो पटक पत्रकारलाई पनि कोरोना संक्रमण

    1.3K
    SHARES

    काठमाडौँ । नेपालमा पहिलो पटक पत्रकारलाई समेत कोरोना संक्रमण भएको पुष्टी भएको छ । पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस कोभिड–१९ संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ। नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये पत्रकार पनि भएको पुष्टि गरेका छन् ।

    वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरूले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।

    यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडा पार्न निर्देशन दिएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै लकडाउन खुकुलो पार्दा अवस्था भयावह हुनसक्ने भएकाले लकडाउन कडा पार्नुको विकल्प नभएको बताएका हुन् ।

    संक्रमितहरु बढ्दै गएका छन् । यस्तो अवस्थामा हेलचेक्र्याई गर्नु हुन्न । जीवनरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ । मानिस रहे सबै रहन्छ’, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक मन्त्रीले भने, ‘आर्थिक गतिवधि भन्दा मानिसको जीवन महत्त्वपूर्ण हो ।’

    कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा काठमाडौं उपत्यकामा शुक्रबारबाट लकडाउन खुकुलो पारिएको थियो ।

    लकडाउन खुकुलो पारिएसँगै राजधानीमा चहल पहल बढेको छ भने यति नै बेला कोरोना संक्रमितको संख्या बढेको छ । बुधबार मात्रै ५७ जना कोरोना संक्रमित थपिएका छन् ।

    ती मन्त्रीका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौंको लकडाउन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था खोल्ने नाममा प्रभावकारी नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।

    यसैबीच प्रधानमन्त्री ओलीले लिपुलेकमा भारतले सडक बनाएको कुरा आफूलाई कसैले जानकारी नदिएको भन्दै असन्तुष्टि जनाएका थिए । भारतको उक्त कदमपछि नेपालमा पुत्ला दहन र नारावाजी गरेर समस्या समाधान नहुने पनि बताएका थिए ।

    ‘समस्या समधान गर्न कुटनीतिक प्रयास भइरहेको छ । म पनि त्यसका लागि प्रयास गर्छु’, प्रधानमन्त्रीको भनाई थियो । उनले भारतले सडक खनेको छ भन्ने आफूले पनि समाचारबाट थाहा पाएको बताएका थिए ।

    ‘यदि त्यसो हो भने यो गलत छ,’प्रधानमन्त्री ओलीले बैठकमा भनेका थिए । बैठकमा सरकारले आगामी बर्षका लागि ल्याउने नीति तथा कार्यक्रममाथि सामान्य छलफल भएको थियो । सरकारले जेठ २ मा ल्याउने नीति तथा कार्यक्रमका लागि राष्टपतिलाई संसदमा पेश गर्न आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ