• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्रीले बल्ल दिए यस्तो कडा निर्देशन

    2.2K
    SHARES

    काठमाडौँ । नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बल्ल कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मंगलबारको मन्त्रिपरिषद बैठकमा थप संक्रमितहरु फेला पर्ने क्रम बढेको उल्लेख गर्दै यस्तो अवस्थामा लकडाउन खुकुलो पर्न नहुने बताएका हुन्।

    प्रधानमन्त्री ओलीले लकडाउनका बेला काठमाडौंमा सवारी जाम बढेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मानिसको जीवन जोगिए मात्रै अर्थतन्त्र बचाउनेतर्फ सोच्न सकिने पनि बताएका छन्। मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीले कोरोनाको संक्रमण नियन्त्रणमा नआउँदासम्म लकडाउन खुकुलो बनाउन नहुनेमा प्रधानमन्त्रीले जोड दिएका हुन् ।

    सरकारले गत शुक्रबारदेखि विभिन्न किसिमका ४२ वटा उद्योगहरु सञ्चालन गर्ने निर्णय गरेको थियो । यस्तै, काठमाडौं उपत्यकामा रहेका सरकारी कार्यालय एक तिहाई कर्मचारीलाई पनि कार्यालय काममा बोलाउन निर्देशन दिइएको छ ।

    जसका कारण पछिल्लो समय साँझ र बिहानको समयमा काठमाडौंका सडकमा सवारी जाम हुन थालेको छ । प्रधानमन्त्री ओलीले भने लकडाउनका बेला ट्राफिक जाम भएकोप्रति असन्तुष्टि जनाउँदै लकडाउनलाई अझ कडा बनाउन निर्देशन दिएका हुन् । लकडाउन खुकुलो हुँदै जाँदा नेपालमा कोरोना भाइरसका संक्रमितहरु पनि थपिँदै गएका छन् । नेपालमा दोस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको थियो ।

    यस्तै नेपालमा कोरोना भाइरस कोभिड-१९ को संक्रमितको संख्या १९१ पुगेको छ । आज फेरि थप ५७ जनामा कोरोना पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या १९१ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार नयाँ संक्रमितमा कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा जिल्लाका १ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ ।

    यस्तै विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८६ हजार ९८६ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४२ लाख ५० हजार ८६२ जना संक्रमित छन् ।

    संक्रमितमध्ये १५ लाख २५ हजार १९३ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ३८ हजार ६८३ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४६ हजार ९५६ जनाको अवस्था गम्भीर छ । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५३ हजार ९२६ जनाको मृत्यु भएको छ ।

    संक्रमितको संख्या १६ लाख ५३ हजार ९२६ पुगेको छ । उत्तर अमेरिकी मुलुकहरुमा ९१ हजार २११ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख १७ हजार ८६८ पुगेको छ । यस्तै एसियाली मुलुकहरुमा २२ हजार ४५१ जनाको मृत्यु भएको छ । ६ लाख ८३ हजार ६३७ जना संक्रमित छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा १६ हजार ९१० जनाको मृत्यु भएको छ । ३ लाख १९ हजार २९७ जना संक्रमित छन् । अफ्रिकी मुलुकहरुमा २ हजार ३५५ जनाको ज्यान गएको छ भने ६७ हजार ७७८ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५४९ पुगेको छ ।

    सबैभन्दा बढी कोरोनाको संक्रमण फैलिएको मुलुक अमेरिकामा ज्यान गुमाउनेको संख्या ८१ हजार ७२४ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ हजार ४३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १३ लाख ८४ हजार ६८१ पुगेको छ ।

    अमेरिकामा संक्रमितमध्ये २ लाख ६० हजार ४०० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ४२ हजार ५५७ जनामध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ