• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    जीवनशैली यौन-स्वास्थ्य

    महिलाहरुलाई ग्रसित बनाउने एउटा रोग, जसले विश्वका अधिकांश मानिस हैरान छन्

    सामान्य भाषामा भन्नुपर्दा ‘पेल्भिक फ्लोर’ शरीरको त्यो भाग हो, जसमा व्लाडर, पाठेघर, भजाइना, तथा रेक्टम हुन्छ । यो भागले नै महिलाको शरीरको महत्वपूर्ण अंंगहरुलाई संरक्षित गर्न सहायता प्रदान गर्छ । उक्त अंगहरुलाई सही तरीकाले काम गर्नमा मद्दत गर्छ । सामान्यतया, पेल्भिक सिस्टम कोखको हड्डीको बीचमा रहेको हुन्छ जहाँसम्म पुग्न त्यति सजिलो पनि छैन ।

    शरीरको महत्वपूर्ण भाग मानिएको पेल्भिक फ्लोर सम्बन्धि कुनै न कुनै प्रकारको समस्याबाट विश्वका अधिकांश महिलाहरु ग्रसित छन् । तर, यसबारे न त अहिलेसम्म विस्तृतमा अध्ययन हुन सकेको छ । न त मानिसहरुलाई यसबारे राम्रो ज्ञान नै छ ।

    चिकित्सकहरुका अनुसार शरीरिक संरचनामा मस्तिष्क पछि शरीरको सबैभन्दा जटिल विषय भनेकै पेल्भिक फ्लोर हो । यद्यपी, यसले कसरी काम गर्छ भन्नेबारे अहिलेसम्म कुनै अनुसन्धानबाट निश्चित नतिजा प्राप्त हुन सकेको छैन ।

    शोधकर्ताहरुका अनुसार यो विषय अहिलेसम्म पनि रहस्यको विषय बनेको छ । पेल्भिक फ्लोर सम्बन्धि समस्याले महिलालाई जीवनभर असर पार्न सक्छ । तर यसको कारण ज्यानै जाने खतरा नभएका कारण मानिसहरुले पेल्भिक सम्बन्धि समस्यालाई गम्भीरतापूर्वक लिएको पाइदैन ।

    शरीर सम्बन्धि अहिलेसम्म जति पनि अध्ययन अनुसन्धान भएका छन् त्यो सबै पुरुषमा परिक्षण गरिएका छन् । अझ भनौ, धेरै जसो अनुसन्धानमा पुरुष र महिलाको शरीरलाई उस्तै मानेर गरिएको छ । जबकी कुनै पनि अनुसन्धान गर्दा महिलाको शरीरलाई बेग्लै मानेर गर्न जरुरी छ ।

    अनुसन्धानकर्ताहरुका अनुसार बच्चालाई जन्म दिएकै कारण महिलाहरुको पेल्भिक फ्लोरमा कयौ किसिमको चोट लाग्ने गर्छ, जसका कारण उनीहरुको शरीरमा विभिन्न समस्या देखा पर्ने गर्छ ।

    सोही क्रममा उनीहरुले के सम्म पत्ता लगाएका थिए भने प्रसुतीका क्रममा कतिपय महिलाका लेवेटर एनी नामको मांसपेशी च्यात्तिने गर्छ, जसका कारण कोखको एउटा ठूलो भाग योनीमार्गबाट बाहिर निस्कने गर्छ, जसका कारण पेल्भिक फ्लोर कमजोर हुने गर्छ । यो समस्या कतिमा छ भन्नेबारे यकिन गर्न गा¥हो छ । एक अनुसन्धान अनुसार ५ देखि १५ प्रतिशत महिलाहरुमा यो समस्या देखिने गरेको छ ।

    रमाइलो कुरा के छ भने लेवेटर एनी नामक मांसपेशी च्यात्तिने कुरा डाक्टर वा विरामी दुवैलाई थाहा हुँदैन । साथै, प्रसुतीका क्रममा शरीरको भित्री अंगमा लाग्ने ससाना चोटलाई समेत मानिसहरुले सामान्य रुपमा लिने गरेको पाइन्छ ।

    जबकी पेल्बिक फ्लोरmलाई मजबुत गर्ने सबैभन्दा राम्रो उपाय भनेको केगल व्यायाम उत्तम मानिन्छ । तर , सुत्केरी अवस्थामा भने यस्ता व्यायाम नगर्न नै चिकित्सकहरुले सुझाव दिने गर्छन् ।

    पेल्भिक फ्लोर डिसअर्डरको समस्या सबैलाई नहुन सक्छ । तर यो समस्या हुनेलाई पिसाब छिटो छिटो लाग्ने, धेरै हास्दा, खोक्दा वा हाछिउ गर्दा पिसाब निस्कने गर्दछ । त्यस्तै , पेल्भिक फ्लोरमा भएको अंग योनीमार्ग हुँदै बाहिर निस्कने गर्दछ ।

    बढ्दो उमेरका कारण पनि यस्तो समस्या हुने विभिन्न अध्ययनहरुले जनाएको छ भने केही अध्ययनले यस्तो समस्यामा उमेरको कुनै भूमिका नहुने जनाउँदै आएको छ ।

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ