• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कोरोना भाइरसले विश्वभर लियाे २ लाख ८६ हजारको ज्यान, ४२ लाख ५० हजार संक्रमित

    1K
    SHARES

    काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८६ हजार ९८६ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४२ लाख ५० हजार ८६२ जना संक्रमित छन् ।

    संक्रमितमध्ये १५ लाख २५ हजार १९३ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ३८ हजार ६८३ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४६ हजार ९५६ जनाको अवस्था गम्भीर छ । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५३ हजार ९२६ जनाको मृत्यु भएको छ ।

    संक्रमितको संख्या १६ लाख ५३ हजार ९२६ पुगेको छ । उत्तर अमेरिकी मुलुकहरुमा ९१ हजार २११ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख १७ हजार ८६८ पुगेको छ । यस्तै एसियाली मुलुकहरुमा २२ हजार ४५१ जनाको मृत्यु भएको छ । ६ लाख ८३ हजार ६३७ जना संक्रमित छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा १६ हजार ९१० जनाको मृत्यु भएको छ । ३ लाख १९ हजार २९७ जना संक्रमित छन् । अफ्रिकी मुलुकहरुमा २ हजार ३५५ जनाको ज्यान गएको छ भने ६७ हजार ७७८ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५४९ पुगेको छ ।

    सबैभन्दा बढी कोरोनाको संक्रमण फैलिएको मुलुक अमेरिकामा ज्यान गुमाउनेको संख्या ८१ हजार ७२४ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ हजार ४३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १३ लाख ८४ हजार ६८१ पुगेको छ ।

    अमेरिकामा संक्रमितमध्ये २ लाख ६० हजार ४०० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ४२ हजार ५५७ जनामध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया