• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल

    कारमै एक पुरुषसँग यस्तो गरिरहेका बेला पक्राउ परिन पुनम पाण्डे, प्रहरीसमेत तिनछक

    2.9K
    SHARES

    मुम्बई । न’ग्न तस्विर र विवादित बयानका कारण चर्चामा आइरहने बलिउड अभिनेत्री तथा मोडल पुनम पाण्डेय फेरि पक्राउ परेकी छन्। उनलाई मुम्बइएको मरीन ड्राइवमा एक पुरुषसँग बीएमडब्ल्यूु कारमा रहेका बेला पक्राउ गरिएको हो। दुबै जनालाई लकडाउनको नियम उल्लंघन गरेका कारण पक्राउ गरिएको र उनीहरु विरुद्ध मुद्धा दायर गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन।

    पाण्डे ४६ बर्षीय पुरुष साथीसँग कारमा रहेका बेला प्रकाउ परेकी हुन। बिना कारण लकडाउनमा घरबाट बाहिर निस्केको र लकडाउनको नियम पालना नगरेको उनीमाथि आरोप छ। भारतले कोरोना भाइरस रोकथामका लागि देशभर मे १७ सम्म लकडाउन आदेश जारी गरेको छ।

    भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या सोमबारसम्म ६७ हजार १५२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ४ हजार २२३ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    भारतमा यस प्रकोपबाट मृत्यु हुनेहरुको सख्या २ हजार २०६ जना पुगेको छ । यस संक्रमणबाट निको भएका विरामीको संख्या २० हजार ९१६ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा सोमबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ४४ हजार ८२९ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।

    कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २२ हजार १७१ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । यस संक्रमणबाट महराष्ट्रमा ८३२ को मृत्यु भएको छ महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ८ हजार १९४ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन्, भने ४९३ जनाको मृत्यु भएको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ६ हजार ९२३ जना विरामी छन् । त्यसैगरी तमिलनाडू ७ हजार २०४ संक्रमति रहेका छन् ।

    कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।

    भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ