• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

    1.4K
    SHARES

    काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।

    यस्तै विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ६७८ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४१ लाख ७६ हजार ८८७ जना संक्रमित छन् ।

    संक्रमितमध्ये १४ लाख ८७ हजार ४५४ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ७ हजार ५५५ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४७ हजार १६ जनाको अवस्था गम्भीर छ । कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख ५२ हजार ७४० जनाको मृत्यु भएको छ ।

    संक्रमितको संख्या १६ लाख २८ हजार ५७६ पुगेको छ । उत्तर अमेरिकी मुलुकहरुमा ८९ हजार ९५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १४ लाख ९५ हजार ८४९ पुगेको छ । यस्तै एसियाली मुलुकहरुमा २२ हजार १७२ जनाको मृत्यु भएको छ । ६ लाख ६८ हजार ६०५ जना संक्रमित छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा १६ हजार ३८४ जनाको मृत्यु भएको छ । ३ लाख १० हजार ५८ जना संक्रमित छन् । अफ्रिकी मुलुकहरुमा २ हजार २९५ जनाको ज्यान गएको छ भने ६४ हजार ५३९ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५३९ पुगेको छ ।

    सबैभन्दा बढी संक्रमण भएको मुलुक अमेरिकामा ८० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ७२० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८० हजार ७५७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ४४४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख ६६ हजार ७५३ पुगेको छ ।

    अमेरिकामा संक्रमितमध्ये २ लाख ५५ हजार ६५४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ३० हजार ३४२ जनामध्ये १६ हजार ४९३ जनाको अवस्था गम्भीर रहेको छ । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ हजार ८५५ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म २ लाख १९ हजार ४४४ जना संक्रमित भएका छन् ।

    पछिल्लो २४ घण्टामा त्यहाँ २६८ जनाको मृत्यु भएको छ भने अरु ३ हजार ९२३ जनामा संक्रमण देखिएको छ । १ लाख ८६ हजार ९८४ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ । इटालीमा २ लाख १९ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकै दिन १६५ जनाको मृत्यु भएको छ ।

    योसँगै इटालीमा मृतकको संख्या ३० हजार ५६० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८०२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १९ हजार ७० पुगेको छ । इटालीमा संक्रमितमध्ये १ लाख ५ हजार १८६ जना उपचारपछि निको भएका छन् ।

    उपचार गराइरहेका ८३ हजार ३२४ जनामध्ये १ हजार २७ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । स्पेनमा २ लाख ६४ हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १४३ जनाको मृत्यु भएको छ भने १ हजार ८८० जना नयाँ संक्रमित थपिएका छन् ।

    स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २६ हजार ६२१ पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ६४ हजार ६६३ पुगेको छ । १ लाख ७६ हजार ४३९ जना उपचारपछि निको भएका छन् । ६१ हजार ६०३ जना उपचाररत छन् । त्यसमध्ये १ हजार ६५० जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

    भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार २ सय १२ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप १११ जनाको मृत्यु भएको छ । एकैदिन अरु ४ हजार ३५३ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६७ हजार १६१ पुगेको छ ।

    ४३ हजार ९८० जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २० हजार ९६९ जना निको भएका छन् । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ