• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रवास

    मलेसियामा २० जना नेपालीमा कोरोनाकाे सङ्क्रमण

    क्वालालम्पुर । मलेसियामा २० जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ । मलेसियामा रहेको नेपाली दूतावासका द्वितीय सचिव प्रतीक कार्कीका अनुसार शुक्रबारसम्ममा मलेसियामा २० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको हो ।

    उनकाअनुसार सङ्क्रमितमध्ये तीन जना निको भएका छन् । अरुको स्वास्थ्य अवस्था सामान्य रहेको र मलेसियन सरकारले नै सङ्क्रमितको उपचार गरिरहेको पनि कार्कीले बताए । बिहीबार साँझ मलेसियन सञ्चारमाध्यम द स्टारले त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँको एक मलमा ९ जना नेपाली सुरक्षा गार्डमा कोरोना सङ्क्रमण देखिएको जनाएको थियो ।

    दूतावासले अनलाइनमार्फत सङ्कलन गरेको तथ्याँकअनुसार शुक्रबारसम्म २६ सय जनाले घर फर्कन पाउँ भन्दै आवेदन दिएका छन् । द्वितीय सचिव कार्कीका अनुसार दूतावासले अनलाइनमार्फत आफ्नो विवरण भर्न भनेकोमा शुक्रबारसम्ममा २६ सय जनाले फारम भरेका हुन ।कोरोनाका कारण कुनै समस्या भएमा अनलाइनमार्फत विवरण भरी आफ्नोबारेमा जानकारी दिन उनले अनुरोध गरेका छन् ।

    यस्तै उता अछाम घर भइ हाल भारतमा रहेका एकै परिवारका ३ जनामा कोरोना संक्रमण देखिएको छ । साँफेबगर नगरपालिका–३ सिद्धेश्वर घर भइ रोजगारको सिलसिलामा भारतको पुनामा रहेका ३ जनामा कोरोनाको संक्रमण भेटिएको हो ।

    श्रीमान् ,श्रीमती र ८ महिने छोरालाई संक्रमण देखिएको आफन्तले बताएका छन् । स्वास्थमा समस्या देखिएपछि परीक्षण गराउँदा तीनै जनामा संक्रमण देखिएपछि पुनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    यसअघि भारतको मुम्बइमा बस्दै आएका चौरपाटी गाउँपालिका ५ लुग्राका एकै परिवारका ८ जनालाई कोरोना संक्रमणको पुष्टी भएको थियो । संक्रमित सबैजना उपचारपछि निको भइसकेका छन् ।

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ