• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    अमेरिकाका महिला फुटबल खेलाडीले पुरुष सरहकाे पारिश्रमिक मागे

    लण्डन । अमेरिकाको महिला फुटबल टोलीले पुरुष टोली सरह समान पारिश्रमिक पाउनु पर्ने दाबीसहितको मुद्दा पुनरावेदन गरेको छ । संघीय अदालतका न्यायाधीश ग्यारी क्लाउस्नरले गएको हप्ता सो मुद्दा खारेज गरेका थिए ।

    पुरुष खेलाडीको तुलनामा कम पारिश्रमिक पाएको भन्ने महिला टिमका खेलाडीको दाबी न्यायाधीशले अस्वीकार गरेका थिए । गएको वर्ष महिला टिमका २८ खेलाडीले अमेरिकी सकर फेडेरेसन युएसएसएफ विरुद्ध उजुरी दिएका थिए । तर संघीय अदालतले खारेज गरेपछि अमेरिकी महिला टोलीले आफ्नो लडाईँ पुनरावेदनमा लगेका हुन् ।

    समान पारिश्रमिक दिनु पर्ने कानून अन्तर्गत आफूहरुले ६६ मिलियन डलर क्षतिपूर्ति पाउनु पर्ने माग उनीहरुले गरेका छन् । खेलाडीहरुकी प्रवक्ता मोली लेविन्सनले शुक्रबार पुनरावेदन गरिएको पुष्टि गरेकी हुन् । संघीय अदालतका न्यायाधीश ग्यारी क्लाउस्नरले यात्राको क्रममा महिला खेलाडीहरुलाई पुरुष टिमको तुलनामा फरक व्यवहार भएको कुरा स्वीकार गरेका थिए । त्यसको सुनुवाई लस एन्जलसमा आउँदो जुन १६ हुने तय भएको छ ।

    तर अहिले विश्वभर कोरोना महामारीका कारण प्राय सबै खेलहरु स्थगित भएका छन् । त्यसैले विश्वभर रहेका लाखौ खेलाडी काम बिहिन भएका छन् । अमेरिकाले भने अहिलेसम्म आफ्नो देशमा लकडाउन गरेको छैन । कोरोनाले हाजारौंको ज्यान लिएको भएपनि अमेरिकाले आफ्नो देशको अर्थतन्त्र उधो गतिमा जाने ठम्याई गर्दै लकडाउन नगरेको अमेरिकी विज्ञहरुले बताएका छन् ।

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ