• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमित १०९ पुगे

    1.7K
    SHARES

    काठमाडौं । आज लकडाउनकाे ४७ औं दिन, नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् ।

    उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

    यसैबीच कोभिड-१९ (नोवेल कोरोना भाइरस) सम्बन्धी औषधिको क्लिनिकल ट्रायलमा नेपालले पनि सहभागिता जनाउने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड-१९ विरुद्ध गर्ने औषधि तथा खोपको चारवटा क्लिनिकल ट्रायलमा ऐक्यबद्धता जनाउन गरेको आह्वानसँगै नेपालले पनि त्यसमा सहभागिता जनाउने भएको हो।

    अन्य रोगविरुद्ध प्रयोग भइरहेको औषधि कोभिड-१९ मा प्रभावकारी हुने सम्भावना देखेर डब्ल्यूएचओले विभिन्न देशलाई ट्रायल गर्न आह्वान गरेको हो । यो तेस्रो चरणको क्लिनिकल ट्रायल हो। एक सयभन्दा बढी देशले ऐक्यबद्धता जनाइसकेको उक्त क्लिनिकल ट्रायल अभियानमा नेपाल सरकारले पनि सहभागिता जनाउने निश्चित गरेको हो ।

    नेपालबाट कति जना ट्रायलमा सहभागी हुने भन्ने निर्धारण डब्ल्यूएचओले गर्ने राष्ट्रिय जनस्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवाली बताउँछन् । यो क्लिनिकल ट्रायलमा विश्वभरका एक हजार मानिस सहभागी हुनेछन् । डा. ज्ञवालीका अनुसार डब्ल्यूएचओले नेपालमा पनि ती औषधिको प्रभावकारिता परीक्षण गरिदिन परिषद्सँग अनुरोध गरेको थियो ।

    परिषद्ले विज्ञ टोली बनाएर सो एन्टिभाइरलका विषयमा अध्ययन गरी मन्त्रालयसँग परीक्षणका लागि अनुमति मागेको थियो । सोही कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो क्लिनिकल ट्रायलमा सहभागिता जनाउन सचिवस्तरीय निर्णय गरी परिषद्लाई काम अगाडि बढाउन अनुमति दिएको हो ।

    अनुसन्धान परिषद्का सदस्य सचिव डा. ज्ञवाली डब्ल्यूएचओले आह्वान गरेको क्लिनिक ट्रायल अभियानअनुसार नेपालमा कोभिड-१९ का संक्रमितहरूमा औषधिको प्रभावकारिता अध्ययन गर्ने बाटो खुलेको बताउँछन् । उनी भन्छन्, ‘कोभिड-१९ विरुद्धको खोप तथा औषधिको प्रभावकारिता परीक्षण गर्ने तयारी भर्खर सकियो, परीक्षणपछि आएको नतिजा हामी जानकारी गराउँछौं ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ