• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

    1.3K
    SHARES

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या १ सय २ पुगेको बताएको छ । नेपालग‍न्जको प्रयोगशाालमा परीक्षण गर्दा थप १ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनी १६ वर्षीय पुरुष रहेको मन्त्रालयले जानकारी दिएको हो ।

    शुक्रबार मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटा अनुसार कोसी अञ्चल अस्पतालमा उपचाररत ८ जना निको भएर घर फर्किएका छन् । ५ जना १७ औँ दिनको उपचारपछि र ३ जना १६ औँ दिनपछि डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए । योसँगै निको हुनेको संख्या ३० जना पुगेको छ ।

    त्यस्तै नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन: भर्ना गरिएको छ ।

    त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुन: अस्पताल भर्ना गरिएको छ । यद्यपि निको भएर फर्किएका ३ जनामा पुनः कोरोना पोजिटिभ देखिएकाले उपचारमा छन् । दुई जना नारायणी अस्पतालमा र १ जना पाटन अस्पतालमा उपचाररत छन् ।

    यसैबीच उता प्रदेश नम्बर १ को कोशी अस्पताल (विराटनगर)मा उपचाररत थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । दोस्रो पटक पीसीआर टेस्ट गर्दा परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई शुक्रबार डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका नागरिक छन् ।

    कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये बुधबार मात्रै ६ जना डिस्चार्ज भएका थिए । प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या ३१ छ । शुक्रबार ८ र बुधबार ६ गरी १४ जना डिस्चार्ज भइसकेका छन् । अब कोशी अस्पतालको आइसोलेसनमा १७ जना कोरोना संक्रमित उपचाररत छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जानकराी दिएको छ ।

    बिहीबारसम्मको तथ्याङ्कअनुसार प्रदेश १ मा पीसीआर विधिबाट १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै र्‍यापिड डाइग्नोस्टि टेस्ट (आरडीटी) विधिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया