• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    नेपालमा कोरोना संक्रमितको संख्या १ सय नाघ्यो

    1.2K
    SHARES

    काठमाडौं । चीनबाट सुरु भइ विश्वभर महामारीका रुपमा फैलिरहेको नेभाइरस कोभिड-१९  का संक्रमितको संख्या नेपालमा पनि १ सय नाघेको छ । विहीबार कपिलवस्तु जिल्लामा २ जना कोरोना संक्रमण भेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या १ सय नाघेको हो ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।

    कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् ।

    यस्तै आरडीटी विधिबाट ५४ हजार ९३ जनाको कोरोना परीक्षण गरिएको छ । प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हाल देभरका आइसोलेसनमा १ सय ३३ जना संक्रमित तथा कोरोना आशंका गरिएका बिरामीहरु रहेका छन् । यस्तै देशभरका क्वारेन्टाइमा १७ हजार ३ सय ७२ जना रहेका छन् ।

    यसैबीच संघीय संसजको वर्षे (बजेट) अधिवेशन शुरु हुनुपूर्व संघीय संसदका सदस्य (सांसद) समेत गरी ४ सय ३१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण भए–नभएको यकिन गर्न संघीय संसदका सदस्य र कर्मचारीहरु गरी ४ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरिएको हो ।

    जसअन्तर्गत १ सय ७७ जना प्रतिनिधिसभाका सदस्य, ३३ जना राष्ट्रिय सभाका सदस्य तथा संघीय संसद सचिवालयका कर्मचारी र मर्यादापालक २ सय २९ जना गरी ४ सय ४१ को स्वाब संकलन गरिएको हो । बाँकी रहेका सांसद, सुरक्षाकर्मी र कर्मचारीको शुक्रबार बिहान ८ देखि १० बजेसम्म स्वाब संकलन गरी परीक्षण गरिने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

    संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले बिहीबार संकलन गरिएका स्वाबको परीक्षण गरी शुक्रबार नतिजा आउने छ । शुक्रबार शुरु हुने संसदको बजेट अधिवेशनमा सबै सांसदहरुको कोरोना परीक्षणको रिपोर्ट हेरेर मात्रै वैठक कक्षमा प्रवेश गर्न दिइने छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ