• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एनटिसीमा फोन गर्दा आज साँझ दीपावली गर्न आह्वानको सूचना

    1K
    SHARES

    काठमाडाैं । नेपाल टेलिकमले कलर ट्युन परिवर्तन गरेको छ। ‘एनटी सूचनाको संसार सेवा’ मार्फत् टेलिकमले कलर ट्युन परिवर्तन गरेको हो।

    मन्त्रिपरिषदको बैठकले बिहीबार साँझ सात बजे देशभर बुद्ध जयन्तीको अवसर, कोरोनाभाइरसविरूद्ध लडिरहेका चिकित्सक नर्स स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्वयमसेवकको सम्मान स्वारूप दीप प्रज्वलन गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम टेलिकमले कलर ट्युनमार्फत् सबैलाई दीप प्रज्वलन गर्न आह्वान गरेको हो।

    साथै, विश्वमा कोरोना भाइरसका कारण मृत्यु भएकाको चीर शान्ति, संक्रमितको सिघ्रस्वास्थ्य लाभका लागि र अन्य सुरक्षित रहन प्रतिबद्धता जनाउन समेत आह्वान गरिएको छ। यसअघि कलर ट्युनमा कोरोनाभाइरसबारे जानकारी दिइएको थियो।

    यसमा कोरोना भाइरस के हो, यसका लक्षण, कसरी फैलिन्छ, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनुपर्ने उपाय र अपनाउनुपर्ने सावधानीबारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचककाबारे जानकारी दिइएको थियो।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ