• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    लकडाउनका बेला भारतमा घट्याे देशै हल्लिने यस्तो घटना, अब के गर्लान माेदी ?

    2.5K
    SHARES

    काठमाडौँ । कोरोना भाइरस कोभिड-१९ ले अस्तव्यस्त बनेको भारतमा फेरी अर्को दुखद घटना घटेको छ । भारतको आन्ध्र प्रदेश राज्यको विशाखापटनममा राति विषाक्त ग्यास चुहावट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । पाँच हजारभन्दा बढी मानिसमा विषाक्त ग्यासले असर गरेको र उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार एलजी पोलिमर्स इन्डिया प्रालिको केमिकल प्लान्टबाट विषाक्त ग्यास चुहावट भएको हो । सन् १९६१ मा स्थापित यो प्लान्ट सुरुमा हिन्दुस्तान पोलिमर्सको स्वामित्वमा थियो । सन् १९९७ मा यो प्लान्ट दक्षिण कोरियाली कम्पनी ‘एलजी’ ले लिएको थियो ।बिहीबार बिहान करिब तीन बजेतिर एलजी पोलिमर कम्पनीबाट अचानक विषाक्त ग्यास फैलिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    स्थानीयबासी घरमै सुतिरहेको समयमा ग्यास फैलिएको बताइएको छ । एक्कासी श्वास फेर्न कठिनाई हुने, बान्ता हुने, आँखा पोल्ने जस्ता लक्षणसहित मानिसहरु घरबाहिर निस्कन थालेका थिए ।

    सोही क्रममा कयौं मानिस सडकमै बेहोस भएर ढलेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । निजी स्रोतलाई उद्धृत गर्दै भारतीय टेलिभिजन च्यानलहरुले जनाएअनुसार ५ हजारभन्दा बढी मानिस अस्वस्थ भएर विभिन्न अस्पताल भर्ना भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

    कोरोना संक्रमणका कारण अस्पतालका सेवा प्रभावित भएको अवस्थामा एक साथ पाँच हजारभन्दा बढी मानिसलाई विषाक्त ग्याससम्बन्धी बिमारीको उपचार गर्न निकै चुनौतीको सामना गर्नुपरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

    घटनालगत्तै प्रहरीले सो क्षेत्रका पाँच गाउँ खाली गराएको छ । रातारात सो क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

    एलजी पोलिपर्स कारखानाको करिब तीन किलोमिटर दायरामा विषाक्त ग्यास फैलिएको बताइएको छ । ग्यास कसरी चुहियो भन्नेबारे प्रष्ट भइसकेको छैन ।अधिकारीहरुका अनुसार बिहीबार बिहानै ग्यास चुहावट प्रकरणमा एलजी कम्पनीविरुद्ध स्थानीय प्रशासनले मुद्दा दायर

    यस्तै कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न विश्वभरका वैज्ञानिक यसविरुद्धको खोप निर्माणका लागि कडा मेहनत गरिरहेका छन् । विशेषज्ञहरुका अनुसार अहिले जुन गतिमा अनुसन्धान भइरहेको छ, त्यो असाधारण छ । कहिलेकाहीँ कुनै खोप निर्माण गर्दा दशकौं पनि लाग्ने गर्छ ।

    उदाहरणको लागि इबोला खोपलाई उदाहरणको रुपमा लिन सकिन्छ । इबोलाको खोपले हालै मात्र प्रयोगको लागि अनुमति पाएको छ । यो खोप विकासको लागि १६ वर्ष लागेको थियो । खोप विकासको क्रममा धेरै चरण पार गर्नु सामान्य प्रक्रिया हो । पहिलो चरण प्रयोगशालामा हुन्छ । त्यसपछि यसको प्रयोग जनावरहरुमा गरिन्छ । यसको प्रयोग सुरक्षित छ भन्ने पुष्टि भएपछि मात्र मानिसमा सुरु गरिन्छ ।

    खोप निर्माणका आशा
    मानिसमा पनि परीक्षणको तीन चरण हुन्छ । पहिलो चरणमा भाग लिने मानिसको संख्या निकै कम हुन्छ र उनीहरु स्वस्थ हुन्छन् । दोस्रो चरणको परीक्षणमा भाग लिने मानिसको संख्या धेरै हुन्छ र कन्ट्रोल ग्रुप हुन्छन्, ताकि यो भाइरस कति सुरक्षित छ भन्ने जाँच गर्न सकियोस् । कन्ट्रोल ग्रुपको मतलब यस्तो समुह हो, जसलाई परीक्षणमा भाग लिने बाँकी मानिसभन्दा छुट्टै राखिन्छ ।

    प्रयोगको तेस्रो चरणमा खोप कत्तिको प्रभावकारी हुन्छ भन्ने कुरा पत्ता लगाइन्छ । अहिलेसम्मको खुसीको कुरा कोभिड–१९ को खोप निर्माणको काम गरिरहेको ९० प्रतिशत अनुसन्धान टोलीले तीन महिनाभित्रै मानिसमा परीक्षण शुरु गरिसकेका छन् । यसलाई खोप निर्माणमा निकै महत्वपूर्ण सफलता मानिएको छ । कोभिड–१९ विरुद्ध निर्माण चलिरहेका खोप यस्ता छन् :

    १. एमआरएनए–१२७३ खोप
    मोडेर्ना थेराप्युटिक्स एक अमेरिकी बायोटेक्नोलोजी कम्पनी हो । यसले कोभिड–१९ को खोपको लागि नयाँ अनुसन्धान गरिरहेको छ । कम्पनीको उद्देश्य शरीरको प्रतिरोधी क्षमतालाई कोरोना भाइरसविरुद्ध लड्न सक्रिय बनाउने खोप विकास गर्नु हो ।

    यस किसिमको खोप निर्माणको लागि परम्परागत तरिकामा जीवित तर कमजोर तथा निष्क्रिय विषाणुहरुको प्रयोग गरिन्छ । एमआरआरएनए–१२७३ मा भने कोभिड–१९ लगाउने विषाणु प्रयोग गरिएको छैन । यसको परीक्षणलाई अहिले अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थले सहयोग गरिरहेको छ ।

    वैज्ञानिकहरुले प्रयोगशालामा कोरोना भाइरसको जेनेटिक कोड तयार गरेका छन् । त्यसको सानो भाग मानिसको शरीरभित्र पठाउनु जरुरी हुन्छ । यसो गर्दा मानिसको रोग प्रतिरोधक क्षमताले संक्रमणविरुद्ध लड्नका लागि प्रतिक्रिया दिनेछ ।

    २. आईएनओ–४८०० खोप
    अमेरिकी बायोटेक्नोलोजी कम्पनी इनोवियो फर्मास्युटिकल्स पनि रिसर्चको नयाँ रणनीतिमा काम गरिरहेको छ । कम्पनीले विकास गर्न लागेको खोपमा बिरामीको कोषिकामा प्लाज्मिड (एक किसिमको आनुवंशिक संरचना) को माध्यमबाट सोझै डीएनए इन्जेक्ट गरिन्छ । यसबाट बिरामीको शरीरमा संक्रमणबाट लड्न एन्टिबडीको निर्माण शुरु हुने अपेक्षा छ ।

    इनोवियो र मोडर्नाको प्रयोग अहिलेसम्मकै नयाँ हो । यी खोपमध्ये एउटा आनुवंशिक संरचना परिवर्तन र अर्को त्यसमा सुधार गर्ने उद्देश्यका साथमा निर्माण गरिएको छ । जर्मनीका डाक्टर फेलपे टापिया अहिलेसम्म यी दुवै प्रविधिको माध्यमबाट कुनै खोप नबनेको बताउँछन् । यस्तोमा खोपको नयाँ आशा पलाएको भए पनि यसको प्रयोगमा भने विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    अहिलेसम्म मोडर्नालाई आरएनएमा आधारित खोप निर्माणको अनुमति पनि छैन । त्यसैले कम्पनीले नै उत्पादन र मार्केटिङमा जानु सबैभन्दा ठूलो चुनौती रहेको बताइसकेको छ । चीनमा पनि अहिले तीन खोप निर्माणको लागि मानिसमा परीक्षण चलिरहेको छ । चीनमा निर्माण भइरहेका खोपमा भने पारम्परिक तरिकाको प्रयोग भइरहेको छ ।

    ३. एडी ५–एनसीओभी खोप
    १६ मार्चमा मोडर्ना थेराप्युटिक्सले मानिसमा आफ्नो खोपको परीक्षण शुरु गर्दा चिनियाँ बायोटेक कम्पनी केन्सिनो बायोलोजिक्सले पनि आफ्नो परीक्षण शुरु गरेको थियो । यो प्रोजेक्टमा केन्सिनो बायोलोजिक्सको साथ इन्स्टिच्युट अफ बायोटेक्नोलोजी र चाइनिज एकेडेमी अफ मिलिट्री मेडिकल साइन्सेजले पनि काम गरिरहेको छ ।

    एडी ५–एनसीओभी खोपमा एडोनोभाइरसको कुनै विशेष भर्जन प्रयोग गर्नुको सट्टा भेक्टर प्रयोग गरिन्छ । एडोनोभाइरस आँखा, श्वासनली, फोक्सो, आन्द्रा र नसामा संक्रमण गराउने कारक हो । यसको समान्य असर ज्वरो आउने, चिसो लाग्ने, पखाला लाग्ने, घाँटी दुख्नेजस्ता समस्या देखिन्छन् ।

    भेक्टरको अर्थ भाइरस वा एजेन्ट हो । यसको प्रयोग कुनै पनि कोशिकामा डीएनए पुर्‍याउनका लागि गरिन्छ । वैज्ञानिकका अनुसार उक्त भेक्टरले शरीरमा उक्त प्रोटिनलाई सक्रिय गर्नेछ, जुन संक्रमणबाट लड्न रोग प्रतिरोधक क्षमताको लागि सहयोगी हुन सक्छ ।

    ४. एलभी–एसएमईएनपी–डीसी खोप
    चीनको सेन्जेन जीनोइम्यून मेडिकल इन्स्टिच्युटमा एक एलभी–एसएमइएनपी–डीसीको पनि परीक्षणको काम भइरहेको छ । यसमा एचआईभीजस्ता रोगको कारक मानिएको लेन्टीभाइरसबाट तयार गरिएको त्यस्ता सहायक कोषिकाको प्रयोग गरिन्छ, जसले प्रतिरोधी क्षमतालाई सक्रिय गर्छन् ।

    ५. वुहानमा निर्माण भइरहेको छ अर्को खोप
    चीनको वुहानमा निर्माण भइरहेको तेस्रो खोपमा निष्क्रिय भाइरसको प्रयोग गर्ने प्रस्ताव गरिएको छ । यसबारे वुहान बायोलोजिकल प्रोडक्ट्स इन्स्टिच्युटमा काम भइरहेको छ । यो खोपका लागि निष्क्रिय भाइरसमा केही यस्तो फेरबदल गरिनेछ, जसको कारण भाइरसले मानिसलाई यो बिरामी गराउने क्षमता गुमाउनेछ ।

    डाक्टर फेलिपे टापियाका अनुसार खोप बनाउने यो सामान्य तरिका रहेको र धेरैजसो खोप यसै प्रक्रियाबाट तयार गरिन्छ । यो खोप अनुमोदनको लागि धेरै समस्या आउँदैन । त्यसैले १२ देखि १६ महिनाको बीचमा कुनै खोप आउने खोप यसै प्रविधिबाट निर्माण गरिएको हुन सक्ने उनको भनाइ छ ।

    ६. चाडोक्स १ खोप
    बेलायतको अक्सफोर्ड युनिभर्सिटीको जेनर इन्स्टिच्युटमा चाडोक्स १ खोप निर्माणको काम भइरहेको छ । २३ अप्रिलमा युरोपमा यो खोपको पहिलो मेडिकल परीक्षण शुरु भएको थियो । जेनर इन्स्टिच्युटका वैज्ञानिक पनि चिनियाँ कम्पनी केन्सिनो बायोलोजिक्सले रिसर्च गरिरहेको प्रविधिमा काम गरिरहेको छ ।

    तर, अक्सफोर्डको टोलीले चिम्पान्जीबाट लिइएको एडेनोभाइरसको कमजोर भर्सनको प्रयोग गरिरहेको छ । मानिसमा यो आफैं विकसित नहोस् भन्नका लागि यसमा केही परिवर्तन गरिएको छ । वैज्ञानिकहरुले यसअघि पनि यस किसिमको प्रविधिको प्रयोग गरिसकेका छन् । यो प्रविधिको सहयोगमा यसअघि मार्स कोरोना भाइरसको खोप पनि विकास गरिएको थियो ।

    गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया