• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेता कार्यकर्तालाई विप्लवको निर्देशन- ‘हरदम पूर्ण प्रतिरोधका लागि तयार रहनु’

    गिरफ्तार सबैलाई बिनासर्त तत्काल रिहा गर्न सरकारसँग माग

    1.9K
    SHARES

    समिर चन्द, काठमाडाैं । यतिबेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक किचलो र खिचातानीमा अल्झिएको छ । देशमा कोरोना महामारीले जरा गाडिसकेको छ तर केपी ओली भने आफ्नो कुर्सी जोगाउने खेलमा तल्लिन छन् । उनी एकातिर प्रचण्डसँग कुर्सीको लडाई गरिरहेका छन् भने अर्कोतिर बिद्रोही नेपाल कम्युनिष्ट पार्टीमाथिको दमन र धरपकड झन बढाइरहेका छन्।

    मंगलबार मात्रै ओली सरकारले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा प्रकाशन विभाग इन्चार्ज अनिल शर्मा ‘विरही’ लगायत नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ । यसैबीच आफ्ना नेता कार्यकर्तामाथि ओली सरकारको दमन नरोकिएपछि नेकपा महासचिव विप्लवले कडा शब्दमा त्यसको निन्दा गरेका छन् ।

    महासचिव विप्लवले सरकारकाद्वारा बिनाकारण गिरफ्तार गरिएका सबै नेता कार्यकर्ताहरुको तत्काल रिहाइका लागि अपिल गरेका छन् । बुधबार बिज्ञप्ति जारी गर्दै उनले कोरोना सङ्क्रमणको महामारीका कारण पार्टीको कारबाही स्थगनलाई बेवास्ता गर्दै केपी सरकारले आतङ्क र हिंसा मच्चाउन खोजिरहेको पनि बताएका छन् ।

    महासचिव विप्लवले भनेका छन्, ‘आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न गरिरहेको षड्यन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक, मानवअधिकारकर्मी र राजनीतिक पार्टीको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ ।’ उनले केपी सरकारको अमानवीय दमनको व्यापक भन्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन पनि गरेका छन् ।

    हिजो मंगलबार मात्रै ओलीको सामाजिक दलाल पुँजीवादी सरकारले आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख अनिल शर्मा ‘विरही’ लाई उपचारका लागि अस्पताल गएको समयमा चितवनबाट गिरफ्तार गरेको उनले बताएका छन् । त्यसैगरी इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, चितवन जिल्ला सेक्रेटरी दुर्गासहित थुप्रै नेता कार्यकर्ताहरूलाई बिनाकारण गिरफ्तार गरेको भन्दै उनले उक्त गिरफ्तारीको घोर भत्र्सना गरेका छन् ।

    बिज्ञप्तिमा भनिएको छ, ‘यही २०७७ वैशाख २३ गते केपी वलीको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख कमरेड अनिल शर्मा ‘विरही’ लाई उपचारका लागि अस्पताल गएको समयमा चितवनबाट गिरफ्तार गरेको छ । त्यसैगरी इलाम जिल्ला इन्चार्ज कमरेड पुष्प कोइराला, चितवन जिल्ला सेक्रेटरी कमरेड दुर्गासहित थुप्रै कमरेडहरूलाई बिनाकारण गिरफ्तार गरेको छ । पार्टी उक्त गिरफ्तारीको घोर भत्र्सना गर्दछ र बिनासर्त मुक्त गर्न माग गर्दछ ।’

    आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न ओली सरकारले आफ्नो पार्टीमाथि गरिरहेको षड्यन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक, मानवअधिकारकर्मी र अन्य राजनीतिक पार्टीको ध्यान पनि जानुपर्ने उनले बताएका छन् । साथै केपी सरकारको अमानवीय दमनको व्यापक भन्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टीपङ्क्तिलाई उनले निर्देशन दिएका छन् ।

    महासचिवद्वारा हस्ताक्षरित बिज्ञप्तिमा अगाडि भनिएको छ, ‘कोरोना महामारीमा जनताले भोग्नुपरेको समस्यालाई ध्यान दिँदै पार्टीको कारबाही स्थगनलाई बेवास्ता गर्दै केपी सरकारले आतङ्क र हिंसा मच्चाउन खोजिरहेको छ । आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न गरिरहेको षड्यन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक, मानवअधिकारकर्मी र राजनीतिक पार्टीको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ । साथै केपी सरकारको अमानवीय दमनको व्यापक भन्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन गर्दछ ।’

    समिर चन्द
    [email protected]

    समिर चन्द सन्चारकेन्द्र डटकमका सिनिएर रिपोर्टर हुन् । आर आर क्याम्पसमा पत्रकारिता बिषयमा अध्यनरत चन्द समसामयिक र राजनीतिक बिषयमा लेख्छन् ।

    समिर चन्दबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ