• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल

    आटाको प्याकेटमा पैसा हालेर बाँडेको समाचार भाइरल भएपछि आमिरले गरे यस्तो ट्वीट, यस्तो रहेछ यर्थात

    मुम्बई । भारतीय मिडिया र सामाजिक सञ्जालमा बलिउड अभिनेता आमिर खानले अनौठो तरिका अपनाएर आटाको प्याकेटमा पैसा बाँडेको समाचार भाइरल भयो । यो खबर यति भाइरल भयो कि, आमिर खानले यो समाचार गलत भएको बताउनुपरेको छ ।

    केही समयअघिदेखि बलिउड अभिनेता आमिर खानले एक किलो आटाको प्याकेटमा १५ हजार भारतीय रुपैयाँ हालेर एक ट्रक आटाको प्याकेट बाँडेको भन्दै भिडियो भाइरल बनाइएको थियो ।

    सोही कुरालाई आधार बनाएर हजारौं स्टाटसहरु सामाजिक सञ्जालमा शेयर भए । भिडियोका अनुसार आटाको प्याकेटमा त्यसरी रकम लुकाएर यसकारण पठाइएको थियो, ताकि अत्यन्त आवश्यक भएकाले मात्र आटाको प्याकेट राखून् ।

    यो समाचार भाइरल भएपछि आमिर खानले यसबारेमा ट्वीट गरेका छन् । उनले ट्वीटमा लेखेका छन् – आटाको प्याकेटमा पैसा हालेर पठाउने व्यक्ति म होइन ।उनले यो कथामा कुनै सत्यता नभएको या त कुनै रविन हूडले आफूलाई देखाउन नचाहनेले बाँडेको हुनसक्ने बताएका छन् ।

    त्यसो त केही दिनअघि भारतको एक वेबसाइटले यो समाचारमा सत्यता नभएको बताएको थियो । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने यो समाचारसँग जोडेर आमिर खानको तारिफ गरिरहेका थिए ।

    यस्तै बलिउड निर्देशक राहुल ढोलकिया एक ‘क्राइम थ्रिलर’ चलचित्र बनाउने तयारीमा थिए । यस चलचित्रको लागि राहुलले नायिका कृति सेनानलाई रोजेका थिए । कृतिकै कारण सन् २०१९को अगष्टमा छायांकन हुने यस चलचित्रले आफ्नो छायांकन मिति पनि पछाडि सारेको थियो ।तर, कृतिले उक्त चलचित्रमा काम नगर्ने भएकी छिन् ।

    आफ्नो अर्को चलचित्रको छायांकन मिति र यस चलचित्रको छायांकन मिति एकै भएको भन्दै कृतिले चलचित्रबाट हात झिकेकी हुन् । कृतिले चलचित्र छोडेपछि निर्देशक राहुल केही तनावमा थिए । चलचित्रमा अभिनेत्रीको भूमिका निकै बलियो भएका कारण सोही अनुरुप काम गर्ने अभिनेत्री खोज्न राहुललाई सकस थियो ।

    अहिले राहुलले आफूले चाहे जस्तै नायिका पाएका छन् । उनी हुन्, तापसी पन्नु । चलचित्रको स्कृप्ट निकै राम्रो लागेकाले तापसी यस चलचित्रमा काम गर्न तयार भएकी हुन् ।

    निर्देशक राहुलले अभिनेत्री सारा अलि खानलाई पनि अफर गरेका थिए । तर, साराले चलचित्रमा रुचि नदेखाएपछि तापसीलाई अनुबन्धित गरेका हुन् । कोरोनाको त्रास सकिएपछि चलचित्रको विषयमा थप जानकारी दिने निर्माण पक्षको तयारी छ ।

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ