• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    एकैदिन १० नयाँ कोरोना संक्रमित भेटिएकै दिन नेपालगञ्जबाट आयो फेरी यस्तो दुखद खबर, जनता त्रसित

    1.6K
    SHARES

    काठमाडौं । नेपालमा एकैदिन १० नयाँ कोरोना संक्रमित थपिएकै दिन नेपालगञ्जबाट फेरी अर्को दुखद खबर आएको छ । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

    नेपालगञ्जका १६, २१ र ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिलामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ । यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेकाे छ ।

    नेपालगञ्जमा यसअघि संक्रमण भेटिएको व्यक्तिको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् नेपालगञ्जका ९ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

    केही शुक्रबार नेपालगञ्ज उपमहानगरपालिका ८ का ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार रातीदेखि नै उक्त क्षेत्र सिल गरिएको थियो । शुक्रबार र शनिवार गरी उनको सम्पर्कमा आएका करिब १ सय जनाको स्वाबको नमुनासमेत जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले संकलन गरेको थियो ।

    संकलित नमुनालाई आइतबार पिसिआर मेसिनबाट परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखिएको हो । मुस्लिम समुदायका ती पुरुष नेपालगञ्जको मस्जिद र मदरसामा नियमित आवतजावत गर्ने व्यक्ति भएको जनाइएको छ । लकडाउनको समयमा पनि उनी नियमित रुपमा मस्जिद र मदरासामा आवत–जावत गर्ने गरेकाले उनीहरुको सम्पर्कमा आएका सबैको खोजी भइरहेको छ ।

    आइतबार थप ९ जनामा संक्रमणको पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरको वडा नम्बर ८ क्षेत्र सिल गर्ने तयारी गरिएको छ । संक्रमण पुष्टि भएका थप ९ जनालाई अहिले भेरी अस्पताल नेपालगञ्जमा लगिँदैछ । उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिको पनि खोजी भइरहेको र नमुना संकलन तथा क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया