• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

    1.6K
    SHARES

    काठमाडौँ । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पर्सामा ३६ वर्षीया पुरुष र नेपालगञ्जको प्रयोगशालामा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

    डा देवकोटाका अनुसार नेपालगञ्जमा देखिएका कोरोना संक्रमित ५ जना पुरुष र४ जना महिला छन् । उनीहर ७ देखि ५८ वर्ष उमेरका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

    डा देवकोटाका अनुसार पर्सामा देखिएका ३६ वर्षीया कोरोना संक्रमितको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो भने अन्य ९ जनाको नेपालगञ्जको प्रयोगशालामा पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको हो ।

    आज संक्रमण पुष्टि भएका मध्ये वीरगञ्जका संक्रमितलाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ । यस्तै नेपालगञ्जमा संक्रमण पुष्टि भएका ९ जनालाई नेपालगञ्जको कोरोना विशेष अस्पतालमा लगिदै गरेको प्रवक्ता देवकोटाले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ