• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल

    खाली हात बिदा भएका ऋषि कपुरले परिवारका लागि कति सम्पति छाडेर गए ?

    मुम्बई । दिग्गज अभिनेता ऋषि कपुरको निधनका कारण भारतीय फिल्म क्षेत्रमा ठूलो झट्का लागेको छ। अभिनेता कपुरको नि’ध’नबाट कपुर परिवार शोकमग्न छ। श्रीमती नीतु कपुर, छोरा रणवीर कपुर, छोरी रिद्धिमाका लागि बलिउडकर्मीहरुले शोक व्यक्त गरिरहेका छन्।

    बाल कलाकार देखिनै आफ्नो करिअर सुरु गरेका अभिनेता कपुरले थुप्रै सुपरहिट फिल्महरूमा काम गरे। १०० बढी फिल्महरूमा गरिसकेका ऋषि कपुर एक समयमा सबैभन्दा धेरै तलब थाप्ने कलाकार हुन्। खाली हात बिदा भएका अभिनेता कपुरले परिवारका लागि कति सम्पत्ति छाडेर गए होलान् भन्नेबारे चर्चा हुन थालेको छ।

    भारतीय सञ्चार माध्यमका अनुसार अभिनेता कपुर ३ सय करोड (भारु) सम्पत्तिका मालिक थिए। पारिवारिक पृष्ठभूमीनै धनी रहेका कपुरलाई सम्पत्तिको अभाव कहिल्यै भएन। अब उनको सम्पत्तिको हकदार रणवीर कपुर र परिवार बन्ने छ।

    ऋषिको मुम्बईको पाली हिलमा एउटा भव्य महलमा छ। १ एक्कड क्षेत्रफलमा निर्मित उक्त घरको नाम ‘कृष्णराज’ राखिएको छ। उक्त घरमा स्विमिङ पुल, थिएटर सिस्टम लगायतका विलासी सुविधाहरू छन्। अभिनेता कपुर गाडीका निकै सौखिन थिए। उनको घरमा रोयल एसयूवी, बिएमडब्लु लगायतका अन्य सवारी साधनहरू छन्।

    जसको मूल्य करोडौँ पर्छ। रिपोर्टका अनुसार ऋषिको वार्षिक आम्दानी २० करोड रुपैयाँ थियो। फिल्ममा अभिनय गर्ने बाहेक उनी निर्माता र निर्देशक पनि थिए। विभिन्न व्यवसायमा पनि संलग्न रहका उनले विज्ञापनको ब्रान्डबाट पनि धेरै पैसा कमाए।

    यस्तै भारतीय मिडिया र सामाजिक सञ्जालमा बलिउड अभिनेता आमिर खानले अनौठो तरिका अपनाएर आटाको प्याकेटमा पैसा बाँडेको समाचार भाइरल भयो । यो खबर यति भाइरल भयो कि, आमिर खानले यो समाचार गलत भएको बताउनुपरेको छ ।

    केही समयअघिदेखि बलिउड अभिनेता आमिर खानले एक किलो आटाको प्याकेटमा १५ हजार भारतीय रुपैयाँ हालेर एक ट्रक आटाको प्याकेट बाँडेको भन्दै भिडियो भाइरल बनाइएको थियो ।

    सोही कुरालाई आधार बनाएर हजारौं स्टाटसहरु सामाजिक सञ्जालमा शेयर भए । भिडियोका अनुसार आटाको प्याकेटमा त्यसरी रकम लुकाएर यसकारण पठाइएको थियो, ताकि अत्यन्त आवश्यक भएकाले मात्र आटाको प्याकेट राखून् ।

    यो समाचार भाइरल भएपछि आमिर खानले यसबारेमा ट्वीट गरेका छन् । उनले ट्वीटमा लेखेका छन् – आटाको प्याकेटमा पैसा हालेर पठाउने व्यक्ति म होइन ।उनले यो कथामा कुनै सत्यता नभएको या त कुनै रविन हूडले आफूलाई देखाउन नचाहनेले बाँडेको हुनसक्ने बताएका छन् ।

    त्यसो त केही दिनअघि भारतको एक वेबसाइटले यो समाचारमा सत्यता नभएको बताएको थियो । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने यो समाचारसँग जोडेर आमिर खानको तारिफ गरिरहेका थिए ।

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ