• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल

    ऋषि कपूरको नि’ध’नपछि पत्नी नीतुले लेखिन यस्तो मार्मिक पोस्ट, थामिएन बलिउड कलाकारहरुका आशु

    काठमाडौं । बलिउडका अभिनेता ऋषि कपुरको नि’धनले भारतीय सिनेमा क्षेत्र शोकमग्न छ। असमायिक नि’ध’नले कपुर परिवार निकै दुःखी छ। ऋषि कपुरको नि’धन’पछि उनकी श्रीमती नीतु कपुरले सामाजिक सञ्जालमा पोस्ट गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छन्।

    नीतुले ऋषि कपुरको फोटो सेयर गर्दै एकदमै थोरै शब्दमा धेरै पीड पोखेकी छिन्- ‘हाम्रो कहानी सकियो । उनको यो पोस्टले धेरैलाई भावुक बनाएको छ। नितुको पोष्टमा सेलेब्रेटी तथा फ्यानहरूले सान्त्वना दिएका छन्। बलिउड कलाकारले स्वर्गीय कपूरको आत्माको चीर शान्तिको कामना गरेका छन् ।

    अभिनेता कपुरको बिहिबार मुम्बईको एक अस्पतालमा नि’ध’न भएको हो। थोरै मानिसहरुको उपस्थितिमा बिहिबार दिउसोनै मुम्बईमा उनको दा’ह’संस्कार गरियो।

    अन्तिम संस्कारमा आफन्त लगायत रणबीर कपुरकी प्रेमिका आलिया भट्ट पनि उपस्थित थिइन्। दि’वंगत अभिनेता ऋषि कपुरका सबै आफन्त अन्तिम भेटका लागि उस्थित थिए। तर, रणबीरकी बहिनी रिद्धिमा कपुरले भने आफ्ना पितासँग अन्तिम दर्शन गर्न पाइनन्।

    दिल्लीमा रहेकी उनले लकडाउनले गर्दा अन्तिम विदाईमा सहभागी भएकी थिइनन्। मुम्बई पुग्नु अगावै अ’न्त्येष्टि गरिने भएपछि उनले भिडियो कल मार्फत नै भएपनि आफ्ना पिताको अन्तिम दर्शन गरिन्। आलिया भट्ट रिद्धिमासँग कलमा जोडिएकी थिइन्।

    यस्तै ऋषि कपुरको नि’धनमा अमिताभ बच्चनले ब्लगमार्फत् आफ्नो भावना व्यक्त गरेका छन् । उनले भावुक हँदै ऋषिलाई अस्तापल भेट्न नगएको कारण बारे पनि जानकारी दिए । वास्तवमा उनी संकटको पलमा ऋषिको अनुहार हेर्न नसक्ने भएर अस्पताल नगएको उनले बताए । यी दुईले पहिलो पटक ‘कभी कभी’ १९७६ मा र अन्तिम पटक ‘१०२ नट आउट’ २०१८ मा काम गरेका थिए । अमिताभले लेखे, ‘मैले चिन्टुको दुर्लभ पललाई देखेँ’

    बुधबार ऋषि कपुरले संसारलाई अलविदा भने । अबेर राती अमिताभले आफ्नो ब्लगमा भावुक हुँदै लेखे, ‘मैले ऊर्जावान्, चुलबुले र आँखामा कौतुहलता बोेकेको चिन्टुको दर्लभ पललाई देखेको थिएँ । एक दिन मलाई राजजीको घरमा आमन्त्रित गरिएको थियो । त्यसपछि मैले उनलाई धेरैजसो आरके स्टुडियोमा देखेँ, जब उनी मेरो फिल्म ‘बबी’ का लागि प्रशिक्षित भइरहेका थिए । र अभिनय सिकिरहेका थिए । उनी आफ्नो हजुरबुवा पृथ्वीराज जी झैं निकै आत्मविश्वासका साथ हिँड्थे ।’

    ‘हामीले थुप्रै फिल्ममा काम गर्यौं । जब उनी आफ्नो लाइन बोल्थे तब तपाईंलाई उनको हरेक शब्दमा विश्वास लाग्थ्यो । उनको कुनै विकल्प थिएन । जुन दक्षताले उनी आफ्नो गीतको लिप्सिङ गर्दथे त्यस्तो अरु कसैले पनि गर्न सक्दैन । सेटमा उनको स्वभाव निकै प्रभावशाली हुन्थ्यो । गम्भीर दृश्यमा पनि उनी रोचक पाटो खोज्थे र सबै बेस्सरी हाँस्थे ।’

    ‘सेटमा मात्रै होइन, कुनै औपचारिक समारोहमा पनि उनको व्यवहार यस्तै हुन्थ्यो । उनी माहौललाई हल्का–फुल्का बनाइरहन्थे । सेटमा जतिबेला समय पाउँथे तब तास निकाल्थे र अरुलाई पनि खेल्न बोलाउँथे ।

    उक्त खेलमा गम्भीर प्रतिस्पर्धा हुन्थ्यो । यहाँ मनोरञ्जन मात्रै बाँकी हुँदैनथ्यो । उपचारको क्रममा उनले आफ्नो स्थितीमा कहिले पनि अफसोस जताएनन् । अस्पताल जाने बेला उनी सधैं रुटिन चेकअप भएको बताउँथे र चाँडै नै भेट्ने बाचा गर्दथे ।’

    ‘जीवनलाई आनन्दपूर्वक बाँच्ने जीन उनले आफ्नो पिताबाट पाएका थिए । म उनलाई कहिले पनि अस्पतालमा भेट्न गइनँ किनभने म उनको हँसिलो अनुहारमा संकट देख्न चाहन्नथेँ । तर एक कुरा निश्चित छ जब उनी गए तब उनको अनुहारमा एक सौम्य मुस्कान थियो ।’

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ