• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    रोल्पामा शक्तिशाली ब’म वि’ष्फाेट, ४ जनाको मृत्यु

    1.5K
    SHARES

    काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे ब’म पड्किँदा चार बालबालिकाको मृ’त्यु भएको छ । प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए ।

    उनका अनुसार बेबारिसे ब’म खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी पठाइएको हो । गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका ब’म बिस्फोटमा परेको बताएका हुन् ।

    यसअघि बिहिबार बिहानै काठमाडौं महानगरपालिका–३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर बि’स्फोट भएको थियाे । उक्त बिस्फोटका कारण आगलागी हुँदा ३ जना घाइते भएका छन् ।

    स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित३ जना घाइते भएका प्रहरीले जनाएको छ ।

    बुधबार राति भएको उक्त घटनाका घाइतेको निजामती (सिभिल) अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य २ जना घाइतेको पहिचान खुलेको छैन । महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार सिलिन्डर पड्किँदा पसल नजिकै रहेको बा७१प ७४१ नम्बरको स्कुटर जलेर नष्ट भएको भएको छ ।

    यसैबीच राति नै काठमाडौं महानगरपालिका–६ सिमलटारमा रोकिराखेको बा८८प४५ नम्बरको मोटरसाइकलमा आगलागी हुँदा क्षति पुगेको छ । स्थानीयवासीले समयमै आगो निभाएकाले ठूलो क्षति हुन नपाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ