• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलका यी कलाकारलाई कोरोना संक्रमण भएको पुष्टी, केछ अवस्था

    1.6K
    SHARES

    काठमाडौँ । चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलका निर्माता तथा कलाकार सुवास कार्की बेलासेलाइ  कोरोना भाइरस कोभिड १९ संक्रमण भएको पुष्टी भएको छ ।  करिब २ वर्षदेखि लण्डनमा बस्दै आएका उनमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

    कोभिड-१९ पुष्टी भएपछि सुवास हाल लण्डनस्थित निवासमै सेल्फ आइशोलेशनमा छन्। लण्डनमा कोरोना संक्रमण फैलिन थालेपछि कतिपय मानिस नेपाल फर्के पनि आफू यहाँ राम्रो उपचार हुने ठानी उतै बसेको बताएका छन्।

    श्रीमती अस्पतालमा कार्यरत रहेका कारण सानी छोरीका लागि दुधलगायतका खाद्य पदार्थ खरिद गर्न सँधै आफू भिडभाडमा जाने गरेका थिए। उक्त भीडभाडका कारण नै आफूलाई कोरोना संक्रमित भएको हुनसक्ने उनको आशंका छ।

    सुवासले आफ्ना मनमा खेलेका सबै कुरा पत्नीलाई सेयर गर्न नसकेको बताउँदै बरु एउटा डायरीमा लेखेर राखेको पनि सुनाए। उनले आफूलाई दिनप्रतिदिन गाह्रो हुँदै गएका कारण बेडबाट उठ्नै नसक्ने अवस्थामा पुगेको पनि बताएका छन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ