• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    हुम्लामा गाउँपालिकाका पदाधिकारीबीच कुटाकुट, डोटीमा स्थानीयले गरे वडाअध्यक्षको रामधुलाई

    590
    SHARES

    हुम्ला । हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको बैठकमा कार्यकारी अधिकृत र वडा नं ५ का अध्यक्षबीच कुटाकुट भएको छ । बजेट थपका विषयमा विवाद हुँदा हात हालाहाल भएको बताइएको छ । वडा नम्बर ५ का अध्यक्ष कर्णजङ्ग शाहीले गरेको बजेट माग प्रक्रिया नमिलेको भन्दै अधिकृत रुद्रबहादुर शाहीले सम्झौता गर्न नमानेपछि विवाद भएको थियो।

    अन्य वडालाई भने योजनाका कामको रकम नै भुक्तानी गर्दा पनि आफ्नो वडामा भने कुनै पनि आयोजनाको काम अघि नबढेकाले विवाद भएको शाहीले बताए । विवाद साम्य बनाउन उपाध्यक्ष जोशी धामीलाई जिम्मा लगाइएको गाउँपालिका अध्यक्ष कर्ण रोकायाले जानकारी दिए ।

    यस्तै राहत वितरणमा पक्षपात भएको भन्दै डोटीको केआइसिंह गाउँपालिका–४ का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयवासीले हातपात गरेका छन् । वडाध्यक्ष धामीलाई कुटपिटका साथै वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

    राहत वितरण कार्यक्रममा स्थानीयले पक्षपातपूर्ण व्यवहार भएको भन्दै हातपात गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कर्ण बोहराले जानकारी दिए ।

    ‘वडाअध्यक्ष राहत वितरण गरिरहेका थिए, एक्कासी आएर केही व्यक्तिले उहाँमाथि हातपातसहित कुटपिट गरेका रहेछन्, यसको छानबिन गर्न थालेका छौँ,’ गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भने ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया