• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल समाचार

    चर्चित बलिउड अभिनेता ऋषि कपुरको निधन

    काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

    भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

    हिजो मात्रै सास फेर्न अप्ठ्यारो भएपछि ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो। दुई वर्ष अगाडि सन् २०१८ क्यान्सर भएको पुष्टि भएपछि एक वर्ष भन्दा बढी समय अमेरिका बसेर उपचार गरेका थिए। उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन्।

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ