• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेस

    आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र सीमित हुने सरकारको प्रक्षेपण

    काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै चालू आर्थिक वर्ष २०७६/७७ को आर्थिक बृद्धिदर २.२७ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको हो ।

    विभागले चालू आर्थिक वर्षका ९ महिना सम्मका आर्थिक क्षेत्रहरुसँग सम्बन्धित प्राप्त आँकडा तथा सूचना एवम् बाँकी अवधिको वस्तु तथा सेवाको उत्पादन अनुमान गरी चालू आर्थिक वर्षमा आधारभूत मूल्यमा २.२७ प्रतिशतले आर्थिक बृद्धि हुने देखिएको जनाएको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९ को प्रभावका कारण नेपालको आर्थिक बृद्धिदर २.२७ प्रतिशतमा सीमित रहन पुग्ने तथ्याङ्क विभागको अनुमान छ ।

    ‘हाल विश्वमा देखिएको कोडिभ १९ को महामारीको असरलाई न्यून गर्नका लागि अवलम्वन गरिएको आन्तरिक तथा शाह्य प्रयासहरुको प्रभाव हाम्रो अर्थतन्त्रमा पनि पर्ने देखिन्छ,’ राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै तथ्याङ्क विगभाले भनेको छ, ‘यसको असर कति अवधिसम्म रहने भन्ने अनुमान गर्न नसकिएको अवस्थामा यस आर्थिक वर्षको अनुमान तयार गर्दा होटेल तथा रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र यस आर्थिक वर्षको अन्त्यसम्म अत्याधिक प्रभावित रहने तथा अन्य क्षेत्रहरु जेठबाट क्रमशः नियमित हुने विश्वास गरी अनुमानहरु तयार गरिएको छ ।’

    यसअघि गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक वृद्धिदर ६.७५ कायम भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ ।

    कोरोनाले खासगरी सेवा क्षेत्रको वृद्धिदरलाई नराम्रोसँग प्रभावित बनाएको हो । अर्थतन्त्रका मूख्य तीन क्षेत्रमध्ये प्राथमिक क्षेत्रका वृद्धिदर २.५४ प्रतिशतमा खुम्चिने भएको हो । दि्वतीय क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर मात्र १.९९ प्रतिशत रहने भएको छ ।

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ