• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    यस्ता थिए पौराणिक पात्र भष्मासुर, जसले आफ्नो अन्त्य आफ्नै हातले गरे…

    1.4K
    SHARES

    भष्मासुरको वास्तविक नाम वृकासुर थियो । उनी शकुनी (महाभारतको शकुनि होइन) का पुत्र थिए। भष्मासुरको कथा श्रीमद्भागवतमा छ । भगवान शिव धेरै भोले र शीघ्र प्रसन्न हुने खालका थिए । सम्भावित खतराबारे उनलाई मतलब थिएन।

    वृकासुरले केदारक्षेत्र (हिमालय) मा अग्नीकुण्ड बनाए। त्यही अग्निकीण्डलाई शिवको मुख मानेर उनले दिनहुँ आफ्नो मासु काटेर हवन गर्न थाले । ६ दिनसम्म पनि शिव प्रकट भएनन । सातौं दिन भष्मासुरको जब आफ्नो टाउको काटेर हवन गर्ने तयारी थाले तब शिव प्रकट भए र उनको हात रोके ।

    ‘मलाई पानी मात्र चढाए पनि हुनेमा तिमीले त शीर नै चढाउन लाग्यौ ।’ प्रसन्न शिवजीले सोधे ‘के बर चाहनछौ, माग।’ तपस्वीले बरदान माग्छन्– मैले जसको शीरमा हात राख्छु उसको भष्म होस । शिवजीले तथास्तु गरे । तपस्वीलाई बर सत्य हो कि होइन भन्ने जाच्न मन लाग्यो । र शिवकै शीरमाथि हात राख्न खोजे । शिवलाई पर्यो फर्साद । शिवको याचना सुनेर बिष्णुले सहयोग गरे ।

    शिव खेद्दै हिडेका तपस्वीलाई बिष्णुले अलमलाइदिए । मोहीनी नामकी रुपवती युवतीका रुपमा विष्णु तपस्वी असुरको नजरमा देखिए । शिवलाई खेद्न छाडेर ती असुर मोहिनीसँग मोजमस्तीमा लागे । मोहीनीसँग नाँचगान चल्यो । मोहिनीले नाच्दानाच्दै आफ्नो हात शीरमा राख्छिन् । ती असुरले पनि आफ्नो हात आफ्नो शीरमा राख्छन् । असुर मोहिनीसँगको सामिप्यताका कारण के बरदान पाएको थिएँ भन्नेसम्म भुल्दछन् । जे छोयो त्यही भष्म पार्ने बरदानवाला हात उनकै लागि अभिशाप बन्यो ।

    आफनै हातबाट भष्म भएसंगै उनी वृकासुरबाट भष्मासुर कहलिए । उनको बधबारे विभिन्न प्रसंग छन । तर भाब उही छ । अथाह शक्ति भएर पनि कुबुद्धिका कारण आफनै नस्ट भए । हालै पूर्वप्रधानमन्त्री बबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको तुलना भष्मासुरसँग गरेका थिए । यो संगै भष्मासुर नेपाली राजनीतिमा चर्चित बिम्ब बनेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ