• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    किम जोनको मृत्यु भएको समाचार भाइरल भएपछि सल्लाहकारले गरे फेरी ठुलो खुलासा, विश्वभर तरंग

    2.7K
    SHARES

    सिओल । दक्षिण कोरियाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन ‘जीवित र सकुशल’ रहेको जनाएको छ। दक्षिण कोरियाका विदेश नीति सल्लाहकार चुंग इन मूनले तानशाह किमको मृत्यु नभएको अन्तरािष्ट्रय सञ्चार माध्यमलाई बताएका छन्। दक्षिण कोरियाली राष्ट्रपतिका सहयोगी ती अधिकारीका अनुसार किम अप्रिल १३ तारिख देखी ओनसान क्षेत्रमा बस्दै आएका छन्।

    त्यहाँ अहिलेसम्म कुनै शंकास्पद अवस्था देखिएको छैन। ओनसानमा किमको परिवारका लागि आरक्षित ठुलो रिसोर्ट रहेको । अमेरिकी भूउपग्रहबाट लिएका तस्विरहरुमा समेत किम चढ्ने रेल त्यहाँ देखिएको छ। किमको मृत्यु भइसकेको दाबी सहित हङकङको स्याटलाइट टेलिभिजन (एचकेएसटिभी)ले ‘निकै विश्वस्त स्रोत’ भन्दै रिपोर्ट सार्वजनिक गरेको थियो।

    तर, दक्षिण कोरियाली अधिकारीको यस्तो धारणाले ती दाबीको स्वतः खण्डन गरेको छ। जापानी सञ्चार माध्यममा समेत किम सर्जरीपछि ‘बेहोस अवस्थामा’ रहेको दाबी गरिएको थियो।

    चुरोट र रक्सी धेरै सेवन गर्ने किममा मोटोपनाको समस्या छ। तर, मुटुको सल्यक्रियानै गरिएको भन्ने कुरा केवल अनुमान मात्रै हुने जानकारहरु बताउँछन्। किमको स्वास्थ्यको जानकारी निकै गोप्य राखिन्छ। उत्तर कोरियालीलाई समेत उनको स्वास्थ्य अवस्थाको सूचना पाउन सहज छैन।

    अप्रिल १५ तारिखमा आफ्ना हजुरबुवाको जन्मदिनका अवसरमा आयोजित कार्यक्रममा किम नदेखिएपछि किमबारे विभिन्न अड्कल र अफवाह फैलिएको हो। किमको स्वास्थ्य अवस्थाबारे विभिन्न अफवाह फैलिरहेका बेला दक्षिणको पछिल्लो धारणाले उन जिवितै रहेको स्पष्ट सन्देश दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बाहिर आएका खबर विश्वसनीय नरहेको बताउँने गरेका छन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया