• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    नेपालमा थप २ जनामा कोरोना संक्रमण भएको पुष्टी

    1.4K
    SHARES

    काठमाडौँ । नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको पुष्टी भएको छ। रौतहटका थप दुई जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण भेटिएको हो । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

    दुवै जनाको कोरोना संक्रमण पुष्टि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको हो ।  काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

    यस्तै उता कैलालीकी ३४ बर्षकी कोरोना संक्रमित महिलाको पाचौं रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ । २५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत महिलाको सोमबार पाचौं रिपोर्टमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

    उनीबाटै नेपालमा पहिलो पटक स्थानीयमा संक्रमण पुष्टि भएको थियो । उनलाई दुबईबाट आएका परिवारकै सदस्यबाट कोरोना संक्रमण भएको थियो । ती युवक निको भएर घर फर्किसकेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ