• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कोरोनाको रुप परिवर्तन, लक्षण देखिन नपाउँदै अचानक मृत्यु, डाक्टरहरुले दिए यस्तो डरलाग्दाे चेतावनी

    1.5K
    SHARES

    अमेरिका । कोरोना भाइरसको नयाँ रुप देखिएको अमेरिकी डाक्टरहरुले चेतावनी दिएका छन्। डाक्टरले कोरोनाभाइरसका कारण ३० देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरुको संक्रमणपछि लक्षण नदेखिदै अचानक मृत्यु भइरहेको दाबी गरेका हुन्।

    डाक्टरले भनेका छन्, ‘मृत्यु भएका मध्ये कयौँ व्यक्तिहरु यस्ता छन् जो पहिलेदेखि कुनै पनि बिरामी जस्ता देखिँदैनन् र उनीहरुमा कुनै किसिमको लक्षण पनि हुँदैन्। तर, अचानक आएको स्ट्रोकका कारण उनीहरुको मृत्यु भइरहेको छ।

    न्यूयोर्कमा कैयौं मानिसहरुको मृत्यु यस्तै गरी उनीहरुको घरमै भयो।’ म्यानहटनको एमएसबीआइ अस्पतालका डाक्टर थोमन अक्सलीले भने, ‘एक बिरामीले कुनै औषधी लिएका थिएनन् र पहिलेदेखि कुनै समस्या पनि थिएन।

    उनी अन्य सामान्य मानिसहरुजस्तै लकडाउनमा घरमा थिए। अचानक उनलाई बोल्न समस्या भयो। जाँचमा उनी ट्रोकको शिकार भएको र उनको टाउकोमा ठूलो ब्लकेज भएको पाइयो। जाँचमा उनी कोरोनाबाट समेत संक्रमित पाइए ।

    ‘ वाशिङटन पोस्टमा प्रकाशित समाचार अनुसार सामान्यतया यस किसिमका गम्भीर स्ट्रोकको शिकार हुने औसत उमेर ७४ वर्ष हो। तर, कोरोनाभाइरसका कारण कम उमेरका व्यक्तिहरुको पनि स्ट्रोकका कारण ज्यान गइरहेको छ।

    अमेरिकामा स्ट्रोकको शिकार बिरामीको संख्या अस्पतालमा लगातार बढिरहेको छ। जाँचमा स्ट्रोकको शिकार भएका व्यक्तिहरु कोरोना पोजेटिभ पाइएका छन्। कैयौं बिरामीमा संक्रमणको कुनै लक्षण देखिएको छैन। सामान्यतया कोरोना भएका व्यक्तिमा उच्च ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिने लक्षण हुने गर्दछ। तर केही बिरामीमा यस्तो कुनै लक्षण देखिएको छैन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ