• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    झापामा ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण भएको पुष्टी, संक्रमितको संख्या ४९ पुग्यो

    1.6K
    SHARES

    काठमाडौं । नेपालमा फेरी थप १ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण भएको पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितका छोरा एक महिना अगाडि मात्र दुबईबाट आएका थिए । तर उनी र उनको आमाको रिपोर्ट नेगेटिभ आएको छ ।

    बुवाको भने र्‍यापिड डायग्नोस्टिक टेष्ट र पीसीआर दुबै विधिबाट परीक्षण गर्दा पोजेटिभ आएको छ । उनी दमको विरामी भएको र दमकबाट अन्य नगएको परिवारका सदस्यले बताएका छन् । यससँगै संक्रमितको संख्या ४९ पुगेको छ । उनीहरु मध्ये १० जना निको भइसकेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ