• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बागलुङकी १९ वर्षीया कोरोना संक्रमित युवतीको पाँचौ रिपोर्ट आयो

    628
    SHARES

    काठमाडौँ । कोभिड–१९ बाट सङक्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको पाँचौँ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आउनुभएकी उहाँमा चैत १५ गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो ।

    “बुधबार पठाइएको स्वाबको नमूना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ, भोलि नै अर्को परीक्षणका लागि नमूना पठाउँछौँ”, धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने ।

    छैटौँ जाँचको रिपोर्ट पनि नेगेटिभ आए युवतीलाई अस्पतालबाट डिस्चार्ज गरिने जनाइएको छ । हाल उनी अस्पतालको आइसोलेसन कक्षमा चिकित्सकीय निगरानीमा छिन् । युवतीको स्वास्थ्य अवस्थामा भने सामान्य छ ।

    युवतीसँगै बेल्जियमबाट आउँदा सङ्क्रमित भएकी बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिला भने निको भएर केही दिनअघि घर फर्किसकेकी छिन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया