• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अखिल क्रान्तिकारी ललितपुरद्वारा विद्यार्थी र मजदूरलाई राहत वितरण

    866
    SHARES

    लतिलपुर । अनेरास्ववियु (क्रान्तिकारी) ले लकडाउनका कारण समस्यामा परेका विद्यार्थी र मजदूरलाई राहत वितरण गर्ने भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले लकडाउनका सबैभन्दा बढी मार विद्यार्थी र मजदूरलाई परेको भन्दै राहत वितरण गर्ने जनाएको छ ।

    संगठनका ललितपुर अध्यक्ष अग्रिमले बुधबार विज्ञप्ति जारी गरेर लकडाउनका कारण विद्यार्थी र दैनिक ज्यालादारी मजदूरको चुलो बल्न छोडेकोले राहत वितरण गरिरहेको बताउँदै सम्पर्क गर्न आग्रह गरेका छन् ।

    त्यसैगरी विज्ञप्तिमा अग्रिमले सरकारले घोषणा गरेको राहत बास्तविक पीडितभन्दा पनि आफ्ना आसेपासेलाई वितरण गरिएको आरोप लगाएका छन् । त्यस्तै ललितपुरका स्थानीय तहले राहत वितरण गरेको भनिएपनि झन्झटिलो सर्तका कारण बास्तविक पीडितलाई राहत उपलब्ध नगराए मतदातालाई खुशी पार्ने काम भइरहेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।

    अध्यक्ष अग्रमिले बास्तविक पीडितलाई राहत उपलब्ध गराउन माग समेत गरेका छन् । त्यस्त उनले संकटको बेला पनि सरकारका मन्त्री नै कमिसन र भ्रष्टाचारमा संलग्न भएको भन्दै कारवाहीको माग समेत गरेका छन् ।

    नेपालमा आज (बुधबार) पनि कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालका प्रवक्ता विकास देवकोटाका अनुसार आज (बुधबार) थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।प्रवक्ता देवकोटाका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको हो ।

    संक्रमितहरुमा क्रमश: २४, ६० र ७२ वर्षका पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमित ३ जनालाई पनि मोरङको विराटनगरस्थित कोशी अस्पताल लगिएको छ ।

    बुधबार कोरोनाको संक्रमणको पुष्टि भएका ३ जना पनि यसअघि एकैपटक कोरोना संक्रमण देखिएका १२ जनाको समूहका सदस्य हुन् । यसअघि उदयपुरमा बस्दै आएका १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । डा देवकोटाका अनुसार हाल संक्रमितको संख्या ४५ पुगेको छ भने निको हुने संक्रमित ७ जना रहेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ