• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update Highlights

    थप २ जनाले जिते कोरोनाविरुद्धको लडाई, निको हुनेको संख्या ७ पुग्यो

    1.8K
    SHARES

    काठमाडौं । चीनबाट सुरु भइ विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ का नेपालमा थप ३ जना नयाँ संक्रमित थपिएका छन् । उक्त थप ३ जना संक्रमित फेला परेर झन् कोरोनाको त्रास बढिरहेका बेला नेपालमा फेरी अर्को चमत्कार भएको छ। बुधबार थप २ जना कोराना स्रक्रमित निको भएर घर फर्किएपछि जनतामा खुसी छाएको छ । योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

    बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    निको भएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुन्। उनी चैत ६ गते १६० यात्रु बोकेको एयर अरेबियाको उडान नम्बर जी-९५३७ विमानमा नेपाल आएका थिए ।

    पीसीआर परीक्षका क्रममा कोरोना पुष्टि भएपछि उनी चैत १२ गते भर्ना भएका थिए । उपचारका क्रममा पछिल्ला रिपोर्टहरु नेगेटिभ आएपछि उनी बुधबार डिस्चार्ज भएका हुन् ।

    कञ्चनपुरको बेदकोट नगरपालिका-९ सुन्दरपुरका ईन्द्रबहादुर बिक भारतबाट आएका हुन् । उनको तेश्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि सेती प्रादेशिक अस्पतालले बुधबार डिस्चार्ज गरेकाे हाे ।

    चैत २१ गते उनको थ्रोट स्वावको नमूना परीक्षण गर्दा पोजेटिभ आएपछि २२ गते उनलाई सुन्दरपुरबाट उपचारका लागि धनगढी ल्याइएको थियो । उनीसँगै कैलालीका स्थानीय महिलासहित अन्य दुईजनामा पनि कोरोना पुष्टि भएको थियो । त्यसअघि विदेशबाट आएका एकजनामा संक्रमण भएको थियो ।

    संक्रमित मध्ये कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय राज बिक र धनगढी उप-महानगरपालिका-५ का ३४ वर्षीय अमृत शाहीलाई यसअघि नै अस्पतालले डिस्चार्ज गरिसकेको छ। अब सुदूरपश्चिमका ४ संक्रमित मध्ये एकजना महिलाको मात्रै उपचाररत छन् ।

    यस्तै बुधबार पनि नेपालमा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालका प्रवक्ता विकास देवकोटाका अनुसार आज थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । प्रवक्ता देवकोटाका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको हो ।

    संक्रमितहरुमा क्रमश: २४, ६० र ७२ वर्षका पुरुष छन् । डा देवकोटाका अनुसार हाल संक्रमितको संख्या ४५ पुगेको छ भने निको हुने संक्रमित ७ जना रहेका छन् । सेती प्रादेशिक अस्पतालमा उपचारत अर्का एक कोरोना संक्रमित निको भएका छन् । अस्पतालका अनुसार कञ्चनपुर वेदकोट नगरपालिका– ९ का ४० वर्षीय पुरुष कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन् ।

    कोरोनाको संक्रमणबाट मुक्त भएपछि सेती प्रादेशिक अस्पतालले उनलाई बुधबार डिस्चार्ज गरेको छ । उनी भारतबाट नेपाल आएका थिए । उनमा गत चैत २२ गते कोरोना संक्रमण देखिएको पुष्टि भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ