• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update Highlights

    कोरोना जितेर घर फर्किए सुदूरपश्चिमका अर्का संक्रमित, तीन जना अझै उपचारमै

    1.2K
    SHARES

    काठमाडौँ । सेती प्रादेशिक अस्पतालबाट धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवक स्वस्थ भएर घर फर्किएका छन्। दुबईबाट फर्केका ती युवाको चौथो र पाँचौं परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले बताए।

    ‘उहाँका दुवै रिपोर्ट नेगेटिभ आएपछि अस्पतालकै गाडीमा राखेर उहाँलाई घर पठाइएका छौं,’ प्रवक्ता जोशीले भने। चैत १४ गते कोरोना पोजेटिभ देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका उनी २६ दिनपछि घर फर्केका हुन्।

    यही अस्पतालमा उपचाररत लम्कीचुहाका २१ वर्षीय संक्रमित युवक पनि आइतबार स्वस्थ भएर घर फर्किएका थिए। धनगढीको सेती प्रादेशिक अस्पतालमा अब तीन जना कोरोना संक्रमित उपचाररत छन्।

    उनीसँगै अब नेपालमा कोरोना संक्रमित ५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। जम्मा ४० जना संक्रमित देखिएकोमा ३५ जना अस्पतालमा उपचाररत छन् । सुदुरपश्चिमका युवा निको भएर घर फर्किएकै दिन नेपालमा थप ११ जना कोरोना संक्रमित फेला परेका छन् ।

    काठमाडौंमा दुई जना नर्समा र्‍यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएको छ। त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारको अस्पतालको दुई जना नर्समा र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको कारागार व्यवस्था विभाग श्रोतले जानकारी दियाे।

    उनीहरूलाई सोमबार नै टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । उनीहरुको पिसिआर परीक्षणको नतिजा आएपछि मात्र कोरोना संक्रमण भए वा नभएको टुंगो लाग्नेछ। नेपालमा हालसम्म ४२ जनामा काेराेनाभाइरस संक्रमणकाे पुष्टि भएकाे छ। जसमध्ये ५ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ