• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    उदयपुरको एउटै गाउँका ८ जनामा कोरोना भएकाे आशंका, धरानमा थप परीक्षण हुँदै

    1K
    SHARES

    काठमाडौं । उदयपुरमा एउटै गाउँमा ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । विराटनगरको कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा कोरोनाको नतिजा संकास्पद देखिएपछि थप परीक्षणका लागि उनीहरुको नमूना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

    कोशी अस्पतालमा भएको प्रयोगशालामा कोरोना संकास्पद देखिए पछि थप परीक्षणका लागि उनीहरुको नमूना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको कोशी अस्पतालका एक चिकित्सकले बताए ।

    ‘कोशी अस्पतालको प्रयोगशालामा भएको नमूना संकास्पद देखिए पछि अहिले उनीहरुको नमूना धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षणका लागि पठाइएको छ,’ कोशी अस्पतालका एक चिकित्सकले भने, ‘अहिले नै कोरोना पुष्टि हो भन्न मिल्दैन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानबाट रिपोर्ट आए पछि मात्रै यकिन गरेर भन्न सकिन्छ ।’

    कोशी अस्पतालका चिकित्सकका अनुसार कोरोना संक्रमणको आश‌ंका गरिएकाहरुको रिपोर्ट बीपी कोइराला प्रष्ठिानबाट मंगलबार बेलुकासम्म आउने सम्भावना छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया