• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एकाविहानै क्वारेन्टाइनबाट किन भागे भारतबाट आएका १ सहित तीन व्यक्ति ? कहाँ पुगे ?

    1.8K
    SHARES

    नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ मा रहेको क्वारेन्टाइनबाट मंगलबार विहान तीन जना भागेका छन् । सोमबार भारतबाट आएका १ जना र उनीसँगै घुलमिलमा रहेका अन्य २ जनासहित ३ जनालाई सोमबार साँझ वडा न १ मा रहेको क्वारेन्टाइनमा राखिएको थियो ।

    तर, मंगलबार बिहान उनीहरु क्वारेन्टाइनबाट भागेको कावासोती वडा न १ का वडा अध्यक्ष नारायण पन्तले जानकारी दिए । उनीहरुलाई कावासोती ३ मा रहेको प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनबाट भागेका मध्ये कावासोती १ निवासी अर्जुन परियार ३ दिन अघि भारतको लुदियानाबाट घर आइपुगेका थिए ।

    कावासोती नगरपालिका भित्र रहेको क्वारेन्टाइनहरुमा अहिले कावासोती नगरपालिकाको नगर प्रहरीले निगरानी गर्ने गरेका छन् । वडाअध्यक्ष पन्तका अनुसार उनीहरुले नगरप्रहरीलाई छलेर भागेका हुन् ।

    फरार रहेका व्यक्तिको अहिले नगर प्रहरी, वडा प्रतिनिधि र प्रहरीले खोजी गरिराखेको कावासोती नगरपालिका उपप्रमुख तथा कोरना रोकथाम विपत व्यावस्थापन समिति कावासोती नगर संयोजक प्रेम शंकर मर्दनियाले जानकारी दिए ।

    कावासोती नगरपालिकामा हालसम्म २० जनालाई क्वारेन्टाइनमा राखिएकोमा ९ जना घर फर्किएका छन् भने बाँकी ११ जना मध्ये तीन जना भागेपछि अहिले ८ जना नगरपालिकाको क्वारेन्टाइनमा रहेको कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए । अहिले कावासोती १ र १७ नम्बर वडाको क्वारेन्टाइनमा मात्र मानिसहरु रहेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ