• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सुदूरपश्चिममा ८ हजारभन्दा बढीको कोरोना परीक्षण, यस्तो छ रिपोर्ट

    857
    SHARES

    कैलाली । नेपालमा कोरोनाको सबै भन्दा बढी जोखिम मानिएको सुदुरपश्चिममा कोरोना संक्रमणको परिक्षण तिब्र पारिएको छ । उता पूर्वी नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपनि सुदूरपश्चिम प्रदेशमा भने एक साता यता संंक्रमितको संख्या स्थिर रहको छ ।

    सुदूरपश्चिमबाट संकलन गरिएका ८ हजार एक सय ५७ जनाको थ्रोट स्वाव मध्ये आइतबार सम्म पीसीआर र र्‍यापिड टेस्ट विधीमार्फत ८ हजार ८५ जनाको परीक्षण गरिएको छ । ७२ जनाको रिपोर्ट भने आउन बाँकी छ ।

    प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रंका अनुसार आइतबारसम्म पीसीआर प्रविधिबाट २ हजार ५ सय ६ जनाको कोरोना परीक्षण गरिएकोमा ५ जना बाहेक अरु दुई हजार ५ सय एक जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

    यस्तै आइतबारसम्म विभिन्न अस्पतालको आइसोलेसनमा राखिएका ९२ जनालाई डिस्चार्ज गरिएको छ । उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

    अहिले प्रदेशका विभिन्न अस्पतालमा ११ जनालाई आईसोलेसमा राखिएको छ । जसमा चार जना कोरोना संक्रमित छन भने बाँकी ७ जनालाई कोरोनाको आशंकामा अस्पतालमा राखिएको छ । यस्तै प्रदेशमा सबै जिल्लामा स्थापना गरिएका विभिन्न क्वारेन्टाईनमा एक हजार तीन सय ४६ जनालाई राखिएको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ