• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    जीवनशैली

    कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मी दम्पती जोडीले एकअर्कालाई समाएर आँखामाआँखा जुधाएको तस्वीरले बिश्वलाई नै भावुक बनाएको छ

    काठमान्डाै । साधुसन्त बाहेक सबैजसो मानिस माया, प्रेम, सन्तान मोहजस्ता सांसरिक जीवनको बन्धनमा हुन्छन् ।तर कतिपय परिस्थितिमा यस्ता केही पेसाकर्मी हुन्छन् जसलाई माया, प्रेम र घरपरिवारको बन्धनमा चाहेर पनि बस्न सक्ने अवस्था हुन्न ।कोरोना भाइरसको महामारीले संसार आक्रान्त भइरहँदा स्वास्थ्यकर्मीहरु अहिले माया र प्रेममा चाहेर पनि रम्न सक्ने अवस्थामा छैनन् ।महामारीबाट जोगिन संसारका कयौं मुलुकहरु लकडाउनमा रहँदा करोडौं मानिसहरु घरभित्रै बसिरहँदा स्वास्थ्यकर्मीहरु भने चाहेर पनि घरपरिवारसँग बस्न सकिरहेका छैनन् ।

    स्वास्थ्यकर्मीहरु महामारीसँग अस्पतालका शैयामा छटपटाइरहेका विरामीको उपचारमा तल्लिन छन् ।घरपरिवार नै नभनिकन विरामीको उपचारमा क्रियाशिल भइरहेका एक स्वास्थ्यकर्मीहरुको जोडीको तस्वीर भने अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।अमेरिकाको फ्लोरिडास्थित टाम्पा जनरल अस्पतालमा कार्यरत मिन्डी ब्रूक र बेन कायेरको जोडीले एक अर्कालाई समाएर आँखामा आँखा जुधाएको तस्वीरले कयौँ मानिसलाई भावुक बनाएको छ ।

    नर्स दम्पती मिन्डी र बेन दुवैलाई बिरामीलाई श्वासप्रश्वासमा सहज हुने ट्युब जोडिदिने कार्यमा खटाइएको छ ।उक्त काममा निरन्तर खटिएका उनीहरुले एकअर्कालाई छुन पनि पाउँदैनन् । पाइहाले पनि सुरक्षा उपकरण लगाउनुपर्ने बाध्यता छ ।कयौं दिनदेखि विरामीको उपचारमा खटिरहेका उनीहरुले कामको बोझकैबीच पीपीईमा नै एकअर्कालाई हेर्दै माया साट्ने प्रयत्न गरेका हुन् ।नर्सिङ पढ्दा प्रेममा परेक उनीहरुले पाँच वर्षअघि विवाह गरेका थिए । अहिले दुबै जना विरामीको सेवामा क्रियाशिल छन् ।

    त्यसैबिच कोरोना महामारी होस वा अरु थोक संकटका कारण देश तथा विदेशमा फसेका जनताको उद्धार गर्नु हरेक देशको कर्तव्य हो । अहिले भारत, खाडी मुलुक, युरोप, अमेरिका लगायत देशहरुमा नेपालीहरु फसेका छन् । उनीहरु नेपाल फर्कन चाहान्छन् तर सरकार अहिले ल्याउने पक्षमा छैन् । यस्तै, नेपालमा फसेका आफ्ना नागरिक लिएर भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एअर फिर्ता भएको छ । नेपालमा कोरोना भाइरसका कारण फसेका दुई जना भुटानी नागरिकको उद्धार गरेर आफ्नो देश लगेको छ । आफ्ना दुई जना नागरिकलाई

    लिन शनिबार बिहान एटीआर ४२ सिरिजको विमान काठमाडौं आएको थियो ।यो विमानको क्षमता ३० देखि ५० सिटसम्म हुन्छ । जहाजले नेपाली चलचित्रमा अभिनयको लागि नेपाल आएकी भुटानी नायिका उगेन छोदेन र हिमालय एअरलाइन्सका पाइलट सोनाम तोब्गेलाई लिएर थिम्पु फर्केको जनाइएको छ । नायिका उगेन ‘दुई नम्बरी’ नामक नेपाली चलचित्रमा अभिनय गर्न ८० दिनअघि नेपाल आएको चलचित्रका निर्देशक दिपेन्द्र लामाले जानकारी दिए । भुटान फर्केका दुवै जना पारोको ओलाथाङ होटलमा २१ दिनका लागि क्वरेण्टीनमा बसेका छन् । थिम्पुको एक क्वरेण्टीनमा बसेका पाइलट सोनाम तोब्गेले आफुले हिमालय एअरलाइन्समा दुई सय जना हाराहारी बोकेर जहाज उडाउँने गरेको पहिलोपटक जम्मा दुई जना मात्रै यात्रु हुँदा अनौठो लागेको बताए ।

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ